डडेल्धुरा टिप्पर दुर्घटनाः मृतक र घाईतेको परिचय खुल्यो

डडेल्धुरा : डडेल्धुरामा टिप्पर दुर्घटनामा परि मृत्यु र घाईते भएको दुबै जनाको पहिचान खुलेको छ । मुत्यु हुनेमा अजयमेरु गाउँपालिका वडा नम्बर २ बस्ने चालक दिपक ऐर रहेको डडेल्धुरा प्रहरीका सुचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिएका छन् । उनका अनुसार घाईते हुनेमा असिम चौधरी रहेको बताएका छन् । उनको ठेगाना खुलेको छैन् ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको थियो । सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ । टिप्पर ब्याक गर्दा खसेको बुझिएको छ । घाईते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था मध्यम रहेको छ । मृत्कको शवलाई पनि डडेल्धुरा अस्पतालमा राखीएको छ । केस निमार्ण कम्पनीको टिप्पर रानीधाराबाट खोलामा खसेको छ ।

ताजा समाचार