गम्भीर रोगबाट पिडितलाई निर्धनको आर्थिक सहयोग


दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले एक गम्भिर रोगीलाई आर्थिक सहयोग गरेको छ् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्य चौकी (दोधारा चाँदनी) ले दोधारा चाँदनी नगरपालिका वडा नं. ६ अन्र्तगत भण्डारी टोल स्थित संस्था अन्तर्गत महिला समुहका एक सदस्य हिरा सुनारको छोरा दिपेन्द्र सुनारलाई नगद रु. ५ हजार आर्थिक राहत सहयोग गरेको छ् । दिपेन्द्र सुनार बिगत केही वर्ष देखि गम्भीर रोगबाट पिडित रहदै आएका छन् । एक कार्यक्रमका बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली मार्फत पिडित परिवारजनलाई उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष दिल बहादुर सिंजालीले समुहमा अनुशासन कायम गर्नु पर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए । साथै बैंक वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनु पर्ने, अन्य फजुल खर्च गर्न नहुने र उत्पादनमुलक परियोजनामा लगानी गरेर आफ्नो आय आर्जन वृद्धि गरी जिवन स्तर माथी उकास्नु पर्छ भन्ने पक्षमा जोड दिनुभएको थिए । त्यसै गरी लेखापाल दुखीराम बुढा थोकीले संस्थामा आबद्घ ग्राहकको व्यवसाय आंशिक रुपमा बन्द भई आर्थिक रुपमा समस्यामा परेका आफ्ना ग्राहक सदस्यहरुलाई मध्यनजर गदै व्यवसाय पुनस्र्थापना कर्जा समेत प्रवाह गरिरहेको बताए । संस्थाका ग्राहकलाई प्राकृतिक प्रकोप, दैवीप्रकोप, महामारीको कारण सदस्यको घर, जग्गा, उत्पादनशील सम्पति तथा व्यवसाय असफल भएको अवस्थामा व्यवसाय पुनस्र्थापना गर्न थपकर्जा रकमको व्यवस्था गर्दा व्यवसाय पुनस्र्थापना भई सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर ग्राहक सदस्यको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने संस्थाका लेखापाल दुखीराम बुढाथोकीले बताएका छन् ।

 

 


ताजा समाचार

spot_img