काठमाडौं : उमेर नपुगेकी किशोरीमाथि यौन सम्बन्ध राखेको आरोपमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार यौन दुर्व्यवहारको उजुरी दर्ता भएको हो ।

पीडितका आफन्त प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाइने बताइएको छ ।

