ग्रामीण क्षेत्रमा फुटबल खेल्दै “बि” डिभिजनको यात्रामा धीरेन्द्र


 कञ्चनपुर :जिल्लाको दक्षिणी क्षेत्रमा फुटबल खेल्न सुरुवात गरेका धीरेन्द्र शाहले आफ्नो संघर्षका साथ शहिद स्मारक “बि” डिभिजन लिग -२०७८ को यात्रालाई कायम राख्न सफल भएका छन् ।No description available.

बेलडाँडी गाउँपालिका वडा न.५ झिलमिला घर भएका १९ वर्षीय युवा शाहले आफ्नो ग्रामीण क्षेत्रका स्थानीय क्लब ,जिल्ला ,प्रदेश हुँदै निरन्तर फुटबल प्रतिको लगाबले काठमाडौंको टुसाल युवा क्लब बाट शहिद स्मारक “बि” डिभिजन लिग -२०७८ का लागि छनोट भएका छन् । उनि टुसाल युवा क्लब बाट अग्रपंक्ति (स्टाइगर) को भुमिमा देखिनेछ ।No description available.

ग्रामीण क्षेत्रमा रहेको हिमसागार युवा क्लब बाट आफ्नो फुटबल खेल्न सुरुवात गरेका शाहले स्थानीय स्तरका विभिन्न प्रतियोगितामा क्लब लाई च्याम्पियन बनाई सकेका छन् ।No description available. निरन्तर खेलकुद प्रतिको लगनशीलताले उनले जिल्ला लिग, प्रदेश लिग र विद्यालय स्तरीय क्युक्स कप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७६ समेत खेलिसकेको शाहले बताए। उनले भने ,’एउटा स्थानीय क्लब ,जिल्ला स्तरीय प्रतियोगितामा आफुले सिकेका कुरालाई आत्मसात गर्दै ‘बि’ डिभिजनका लागि छनोट हुँदा धेरै खुसी रहेको र अझै आगामी यात्रामा संघर्ष गर्नु पर्ने देखिन्छ। मेरो अबको लक्ष्य भनेको क्लब र आफ्ना लागि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको टिम देखि खेल्ने ठुलो धोको रहेको छ।’ आफुलाई साथ सहयोग गर्नु हुने अग्रज लाई धन्यवाद समेत दिन्छु।No description available.

बेलडाँडी गाउँपालिका खेलाडी उत्पादनका लागि जिल्लामा एक नम्बरमा परिचीत हुँद समेत पनि पालिकाको को कुनै खेलकुद खेल्नका लागि खेलमैदान समेत नहुदा खेलाडीले सास्ती पोख्नु परेको छ। यस्तो दुख कष्टका साथ भने खेलाडीले आफ्नो क्षेत्रलाई जिल्ला ,प्रदेश हुँदै केन्द्रीय स्तरमा समेत चिनाउन सफल भएका छन् । बेलडाँडी गाउँपालिका क्षेत्रमै राष्ट्रिय स्तरको ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता खेल्ने शाह पहिले नम्बरमा परेका छ।No description available.अखिल नेपाल फुटबल संघको आयोजनामा फागुन १८ देखि संचालन हुने लिग चैत्र महिनाको २७ गते सम्म चल्ने हुछ।No description available.


ताजा समाचार

spot_img