दोधारा चाँदनी–२ मा नेकपा माओबादीको वडा भेला : वडाका खम्बालाई सम्मान


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रले वडाका बृद्ध नेता अर्थात खम्बाहरुलाई सम्मान गरेको छ् । स्थानीय तहको निर्वाचन मिति घोषणा संगै दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुका चुनाव केन्द्रित चहल पहल बढे संगै नेकपा माओबादी केन्द्रले वडा स्तरिय भेलालाई निरन्तरता दिने क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा एक भेला गरि वडाका खम्बाहरुलाई सम्मानित गरेको छ् । उनिहरुलाई अबिर माला संगै दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा माओबादीका नेताहरुले बताएका छन् । वडामा रहेका ५० जना बृद्ध नेताहरुलाई सम्मान गरिएको उनिहरुले बताएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको आयोजनामा ठुलो जमघटका साथ आफ्नो वडा सम्मेलन सम्पन्न गरेको नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवी भिम कुमालले जानकारी दिएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. २ का वडाका नेता लाल बहादुर सार्कीको सभापतित्वमा संचालन भएको वडा भेलाका प्रमुख अतिथी नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर अध्यक्ष भिम कुमाल रहेका थिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाई , नेता भक्त बहादुर सुनार, गोबिन्द पुन, टेक बहादु बिक, बिर बहादुर सुनार, जानकी दमाई लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा वडामा रहेका ३० जना अन्य पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका नवआगन्तुक कार्यकर्ताहरुलाई नेकपा कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुले अबिर माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा स्थानिय सरकारले गरेका गरेका कामलाई चर्को स्वरमा औल्याईएको थियो । निर्वाचनको बेला मिठो बोली बोल्ने र निर्वाचन जिते संगै फर्केर नहेर्ने जनप्रतिनिधीहरुको कार्यक्रममा घोर बिरोध समेत जनाएका थिए ।

कार्यक्रमका बक्ताहरुले स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकालाई लालकिल्ला बनाउने बताउदै आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि गरिब जनताको पिडामा मलहम लगाउन प्रयत्न गर्दै आएका नेकपा माओबादीका नेता भिम कुमाललाई सघाउन समेत अनुरोध गरेका छन् । हर्षउल्लासका साथै सम्पन्न वडा भेलामा आगामी दिनहरुमा यस्तै प्रकारको कार्यक्रम वडामा निरन्तरता दिन कार्यकर्ताहरुले अग्रज नेताहरुलाई अनुरोध गरेका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाईले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वडा स्तरिय भेला पछि टोल भेला गरिने कार्यक्रम रहेको बताएका छन् ।


ताजा समाचार

spot_img