लोपोन्मुख व्यवसायलाई जोगाउन डडेल्धुराका टमटालाई आरन र कृषि समुहलाई ट्रेक्टर सहयोग

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा मानवीय सेवामा अनेकौं प्रयास ९साईन नेपाल०द्वारा आरन सामाग्री र हाते ट्रेक्टर वितरण गरिएको छ ।सोमबार टमटा जातीहरुको लोपोन्मुख बन्दै गएको पेशालाई संरक्षण गर्न साईन नेपालले २० जना व्यक्तिलाई आरन सञ्चालनका लागि आवश्यक पर्ने औजार सामाग्रीहरु र एक कृषक समुहलाई हाते ट्रेक्टर वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा वडाध्यक्ष गोविन्दराज भट्टको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडा सदस्य प्रेयङ्का भाट, भागरथी देवि टमटा र संस्थाका कोषाध्यक्ष मेघराज भट्टको आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष गोविन्दराज भट्टले पालिकाको सहयोग नपुगेका क्षेत्रमा पनि संस्थाले सहयोग पुर्‍याएको बताउनु भएको थियो । उहाँले संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।कार्यक्रममा संस्थाका अध्यक्ष जोशीले दिएका सामाग्री र सिपको सदुपयोग भए आगामी दिनमा यस्ता सहयोग कार्यक्रम पुनः ल्याउने बताउनुभयो ।

त्यस्तै सोमबार देखि संस्थाले सोही पालिकाका ६ र ७ वडाका महिलाहरुलाई डडेल्धुराको पोखरामा ३ महिने सिलाई कटाई सम्बन्धि तालिम सञ्चालन गरेको छ । तालिममा २० जना महिलाहरुको सहभागी गराई प्रत्येकलाई एक सिलाई मेसिन, ३ महिना सम्म सिलाई कपडा,सियो, धागो, फिता, कैँची, स्केल लगायतका सामाग्रीहरु उपलब्ध गराएको संस्थाले जनाएको छ । संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रमको सञ्चालन समाजसेवी तेजबहादुर खड्काले गर्नुभएको थियो ।

ताजा समाचार

spot_img