कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलाली : कैलालीमा लागूऔषधसहित एक जना पक्राउ महेन्द्रनगर । कैलालीमा ईलाका प्रहरी कार्यालय लम्कीले लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ गप्काका ३९ वर्षीय गोपी ओखेडालाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको हो ।
प्रहरीका अनुसार उनको पसलबाट ५० हजार ५ सय नगद, विभिन्न कम्पनीका ५/५ थान मोबाइल र घडी, एक थान कैँची र तौल गर्ने डिजिटल काटा बरामद गरिएको छ । ओखेडामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

ताजा समाचार