खप्तड मोर्टस प्रालि महेन्द्रनगरमा सुजुकी सेलेरियो कार

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा खप्तड मोर्टस प्रालिले सुजुकी सेलेरियो कार सार्वजनिक गरेको छ । महेन्द्रनगरका लागि सुजुकी चार पाङे सवारी साधनको आधिकारिक वितरक खप्तड मोर्टसले सेलेरियो कार बजारमा ल्याएको हो । मंगलबार एक कार्यक्रमका विच जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव राज भट्ट र मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले संयुक्त रुपमा सुजुकी सेलेरियो कार सार्वजनिक गरेका छन ।

खप्तड मोर्टस प्रालिका प्रबन्ध निर्देशक दिवाकर भट्टले सबैधन्दा ईन्धन कम खाने र परिवारिक परियोजनका लागि एकदमै लाभदायक भएको बताए । उनका अनुसार सर्वाधिक माईलेज र कम लागत भएकाले बढ्दो पेट्रोलियम पदार्थको मुल्यबृद्धिको भारबाट समेत राहत मिल्ने बताए । नयाँ सेलेरियो अतुलनीय ड्राईभिङ्ग अनुभव नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड, डिजायन फर्सट ईन सेगमेन्ट सुरक्षा र अन्य सुविधायुक्त भएको बताए ।

खप्तड मोर्टस प्रालिका प्रबन्ध निर्देश भट्टले नेपाली बजारमा निकै रुचाईएको पारिवारिक साधन भएको बताए । नयाँ पुस्ता सेलेरियोमा अझै अधिक माईलेज छ, ‘उनले भने, ‘बिना सम्झौताको सुरक्षा सुविधायुक्त फिचर, नयाँ डिजायन र आकर्षित छ ।’

ताजा समाचार

spot_img