डोटीमा साईन नेपालद्वारा धुवाँ मुक्त वडा बनाउन ३ सय फलामे चुलो नि : शुल्क वितरण

डोटी : धुवाँका कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेपछी डोटीको पुर्वीचौकी गाउँपालिकामा धुवाँ रहित फलामे चुलो वितरण गरेको छ । शनिबार मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाले पुर्वीचौकी गाउँपालिका(३, गैरागाउँका ५ बस्तीका ३ सय घर धुरीहरुलाई धुवाँ रहित फलामे चुलो वितरण गरेको हो । संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पुर्वीचौकी(३ का वडाध्यक्ष अमरबहादुर चयडाको प्रमुख अतिथीमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथीमा कार्यपालिका सदस्य भेरु साहु आसिन रहनुभएको थियो । भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

No description available.

प्रमुख अतिथीको तर्फबाट बोल्नुहुदै वडा अध्यक्ष चयडाले उक्त चुलाले श्वासप्रश्वासको समस्या,आखाको समस्यालाई दुर गर्नुको साथै दाउराको प्रयोगमा पनि कमी आउने बताउनुभयो। चुलो प्राप्त गर्ने व्यक्तिहरुलाई अन्य प्रयोजन र गोठमा थन्काउने कार्य नगर्न सुझाव दिदै धुवाँ मुक्त वडा बनाउन सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै अतिथीहरुले निस्वार्थ रुपमा सामाजिक कार्यमा अग्रसर रहनुभएका संस्थाका अध्यक्ष भक्तराज जोशीले देखाएको जन्मभुमी प्रतिको मायाको यस क्षेत्रका बासिन्दाले जति धन्यवाद दिएपनि नपुग्ने बताउनुभयो ।उहाँले विगतमा नदिबाट निजि लगानीमा बिधुत उत्पादन गरि बस्ती नै झिलिमिली बनाएको, शिक्षामा पहुँच पुर्‍याउन निजि बिद्यालय सञ्चालन लगायतका थुप्रै कार्य गर्दागर्दै गाउँ बस्तीको सपोर्ट नपाएर शहर झर्नुपरेका कुरा र विकसित राज्यमा पुगेरपनी जन्मभुमिकै दुर्गम बस्तीमा अहोरात्र लाग्नुभएका कुराहरु आम उपस्थित माझ अतिथी वक्ताहरु छर्लङ्ग पार्नुभएको थियो ।

No description available.

संस्थाका अध्यक्ष जोशीले आफ्नो देशका विभिन्न समुदायका बस्तीमा रहेका अनेकौं समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने अठोट संकल्पका साथ आफू समाजसेवामा हिडेको बताउनुभयो । समाजमा देखिने हरेक समस्याको समाधानका लागि आफुलाई प्रयोग गरेर लैजान सक्ने सुविधाहरु लैजान समाजका नेतृत्व गण तथा बासिन्दालाई उहाँले अनुरोध गर्नुभएको छ । संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत गैरागाउँका पातल, नागडा, गन्नपाला, धामीठाटा र चौवालाका ३ सय घरधुरीलाई सो चुलो निस्शुल्क वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो । सोही वडाका वडा सदस्य नरबहादुर थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक दलबहादुर नेपालीले गर्नुभएको थियोे ।

No description available.

ताजा समाचार