स्थानिय निर्वाचन : दोधारा चाँदनीमा कुन कुन दलको हुन्छ प्रतिस्पर्धामा ?


पप्पु गुरुङ्ग, दोधारा । आगामी वैशाख ३० मा स्थानिय तहको निर्वाचन हुदैछ् । निर्वाचनको मिति घोषणा भए संगै दोधारा चाँदनीको राजनीतिक वृत्त तातिएको छ् । दलहरु चुनाव केन्द्रित भएका छन् । निर्वाचन लक्षित गतिबिधीमा सक्रियता बढ्न थालेको छ् । जनाधार बटुल्न यति बेला राजनीतिक दलहरु गाँउ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरु संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिबिधीमा होमिएका हुन् । पार्टीको आन्तरिक नेतृत्व चयनका लागि भर्खरै अधिवेशनहरु सकेका पार्टीहरु अब भने आफ्नो पक्षमा जनमत पार्न जुटेका छन् । दोधारा चाँदनी नगरपालिकाका गाँउ, बस्ती बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । बिभिन्न दल निकट कलाकारले तयार गरेका गित यतिखेर वडा तथा टोल भेलामा घन्कीन थालेको छ् । गाँउ टोलमा स्थानियहरुलाई एकत्रित गर्ने उत्तम प्रचार सामाग्रीको गितनै बन्न पुगेको छ् । आ–आफ्ना दलहरुको प्रचार प्रसार गर्ने गित रहेको छ् । सत्तारुढ दल नेपाली काग्रेंसको ‘नेपाली काग्रेंस जिन्दाबाद …’ नेकपा एमालेको ‘ मै पनि एमाले …..’ लगाएतको गित दलका गितहरु सुन्न पाईन्छ् । कोही कार्यकर्ताहरुले भने पार्टीको गितलाई आफ्ना मोबाइलको रिङटोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि बढेको छ् । दोधारा चाँदनी नगरपालिकामा क्रियाशील राजनीतिक दलहरुले आसन्न निर्वाचन लक्षित गतिबिधि अघि बढाएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेका नेता किशोर कुमार लिम्बु दैनिक ३/४ वटा टोल भेलामा जाने गरेको बताउछन् । दैनिक ३/४ वटा टोल भेलाले उनलाई भ्याईनभ्याई छ् । आज पनि दोधारा चाँदनी नगरपालिका वडा नं. २ कालिका टोल, वडा नं. ४ बरमेली टोल, वडा नं. ७ मुसुकुटे टोल र वडा नं. १० धामी टोलको टोल भेलामा सहभागी भएको नेकपा एमालेका नेता किशोर कुमार लिम्बु बताउछन् । नेकपा एमाले पनि संगठन बिस्तार तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ् । यस्तै नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सह–सचिव नाफु सिंह साँउदले दोधारा चाँदनी नगरपालिकामा टोल समिति गठन कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । ‘दोधारा चाँदनी नगरपालिकाको सबै वडामा टोल समिति गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ्’ नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सह–सचिव नाफु सिंह साँउदले भने । टोल समिति गठन कार्य सकिए संगै उनिहरुलाई प्रशिक्षण दिने कार्यक्रमा समेत रहेको बताएका छन् । यस अघिनै जनाधार बलियो भएका पार्टीहरु मुख्य प्रतिष्पर्धीलाई जित्ने गरी रणनीति बनाउदै छन् भने कमजोर जनमत भएका दलहरुले संगठन विस्तारलाई प्राथमिकता दिइरहेका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले चाडै नगर कमिटिको बैठक राखी वडा तथा टोलमा भेला गर्ने कार्यक्रम रहेको बताएका छन् । स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको वडा तथा टोलमा होमिने कार्यक्रम रहेको उनको भनाई रहेको छ् । नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरणमा जोड दिएको छ् । दोधारा चाँदनीको अघिल्लो स्थानीय तहको निर्वाचनामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र अब भने एमाले–कांग्रेस संग प्रतिष्पर्धा गर्ने गरी जनमत जुटाउने तयारीमा होमिएको हो । यस्तै राप्रपाले आउदो १७ गते आफ्ना नेता राजेन्द्र लिङ्देनको आगमन पछि दोधारा चाँदनीका सबै घर–घरमा पुग्ने कार्यक्रम रहेको राप्रपाका बरिष्ठ नेता तथा पुर्व माननिय तथा राप्रपा पुर्व केन्द्रिय सदस्य ईन्द्र बहादुर खत्रीले बताएका छन् । नेता राजेन्द्र लिङ्देनको आगमनको तयारीमा आफ्नो पार्टी जुटेको उनको भनाई रहेको छ् । यस्तै एकिकृत सामाजबादीले समेत निर्वाचन लक्षित गरि वडा तथा टोलमा कार्यक्रम अघि बढाएको खबर प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिकामा यस पटक मुख्य गरी ४ दल बिचको प्रतिस्पर्धा हुने देखिएको छ् । नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा र नेकपा (माओवादी केन्द्र) बिचको प्रतिस्पर्धा बिच देखिएको छ् । नेकपा एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि मिसिएको छ् । चुनावी मैदानमा अन्य दलहरु पनि सहभागी भएपनि प्रतिस्पर्धामा उत्रिन भने सकेका छैनन् । त्यसैले आगामी निर्वाचनमा पनि यिनै प्रमुख दलहरु बिचनै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ् । अहिले उल्लेखित दलहरुले नै निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएका छन् । स्थानीय सरकार सञ्चालनका लागि निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिदैछ । नागरिक जनप्रतिनिधीको कामबाट कति सन्तुष्ट भए वा भएनन् त्यसको समीक्षा पनि आगामी निर्वाचनबाटै हुनेछ् । त्यसैले पनि राजनीतिक दलहरु यतिबेला मतदाता रिझाउन र आफ्नो पकड बढाउन सक्रिय भएको देखिन्छ् ।


ताजा समाचार

spot_img