कञ्चनपुर :अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय लिग आयोजना गर्नका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेका गरेको छ ।
एन्फाले भरतपुर महानगरपालिकासँग आगामी महिला राष्ट्रिय लिगको पहिलो चरणका खेलहरु भरतपुरमा गर्ने गरि सम्झौता गरेको हो । मंगलबार गरिएको सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र भरतपुर महानगरपालिकाको तर्फबाट मेयर रेणु दाहालले हस्ताक्षर गरेका छन् । निरन्तर खेलकुद क्षेत्रमा फुटबल बिकासका लागि यो सम्झौतासँगै महिला राष्ट्रिय लिगको पहिलो चरणका खेलहरु भरतपुरमा हुने निश्चित भएको एन्फाले जनाएको छ ।

महिला राष्ट्रिय लिग यस अघि माघ १५ गतेबाट शुरु हुने भनिएको थियो तर त्यो लिग कोरोना महामारीका कारण अनिश्चित समयसम्मका लागि स्थगित गरिएको एन्फाले लिगको नयाँ मिति भने तोकि सकेको छैन ।
लिगमा तीन विभागिय टोलिहरु त्रिभुवन आर्मी फुटबल क्लब,नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लबसहित ललितपुर महानगरपालिका,विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका,वालिङ्ग नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिक छनौट भएका हुँदै लिग खेल्ने छन् ।

लिगका लागि यसअघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट ललितपुर महानगरपालिका र धनगढी उप–महानगरपालिका छनौट भएको थियो । उक्त छनौट प्रतियोगिताको उपाधि धनगढीले हात पार्दै च्याम्पियन बनेको थियो जसमा ललितपुर उपविजेतामा चित्त बुझाएको थियो । गत वर्ष संचालन भएको लिगमा ७ टोलिले लिगमा सहभागी रहेको थियो । जसमा एपीएफ लिग च्याम्पियन बन्न सफल भयो। भने नेपाली सेना (आर्मी ) को टिम उपविजेता भएको थियो ।
