निर्वाचनको उत्साह छैन् दोधारा चाँदनीको बादी बस्तीमा : एक छाक टार्नकै समस्या


दोधारा । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको जंगल नजिक बादी बस्तीको बसोवास छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडवाल टोलमा स्थानिय सरकारले फिताृ गराईदिएको जग्गामा झुपडी बनाएर बसेका छन् । उनिहरुलाई स्थानिय निर्वाचनको बारेमा केही जानकारीनै छैन् । बडवाल टोलका ६ घरपरिवार आ–आफ्नै त्रिपालले छाएको टहरा बनाएर बस्दै आफ्नो जिवन बिताउदै आएका छन् । दोधारा चाँदनीका बिभिन्न वडा तथा टोलमा स्थानिय निर्वाचनको रौनक छाएको बेला बादी बस्तीमा कहिले निर्वाचन हुने हो भन्ने समेत थाहै छैन् । उनिहरुको दैलोमा अझै सम्म कुनै नेता पनि स्थानिय निर्वाचनमा रिझाउन पुगेका छैनन् । देशमा राजतन्त्र, प्रजातन्त्र हुदै लोकतन्त्र, गणतन्त्र आए पनि उनिहरुको जिवन शैलीमा कुनै परिवर्तन आएको देखिन्न् । उहि परम्परागत सोच उहि शैली । अझै सम्म त्यही परम्परागतरुपमा गाँउ बस्ती चहारेर संकलन गरेको रासनले उनिहरुको दैनिकी चल्छ् । ‘हाम्रो पनि मन छ् । तर मन भएर मात्रै हुदैन् रहेछ्’ रेशम बादीले नमिठो स्वरमा भने । स्थानिय निर्वाचन प्रति उनिहरु पुर्ण अनबिज्ञ छन् । ‘जुन जोगी आए पनि कानै चिरेको’ उनिहरु बताउछन् । यता दोधारा चाँदनी नगरपालिका वडा नं. ६ महाकाली नदी छेउको एक सामुदायिक बनमा समेत बादीहरु बसोबास गर्छन् । उनिहरु झण्डै एक दशक देखि सामुदायिक बन नजिक टहरा हालेर बस्दै आएका छन् । बिगतका निर्वाचनमा पनि केही नेताहरु आएर ठुलै आश्वास बाढेर गएपनि अझै सम्म फर्केर नआएको बादी घरपरिवारहरु बताउछन् । बिगतमा १० घरपरिवार बस्दै आएका बादी बस्तीमा आज भोली आएर २ घरपरिवारको मात्रै झुपडी रहेका छ् । उनिहरुलाई ज्याला मजुरीको अभावमा परिवार पाल्न भारत तिर पलाएन हुन बाध्य भएको छन् । सरकारले आफुहरुलाई उचित ब्यवस्था नगरेको कारण आफुहरु पलाएन हुन बाध्य भएको बादी घरपरिवारको भनाई रहेको छ् । नेपाल सरकारको वर्षेनी लाखौ रुपिया दलितहरुका लागी बजेट तथा कार्यक्रमले उनिहरुलाई रक्तीभरी छुुन सकेको छैन् । ‘दलितहरुको लागी बजेट हुन्छ भन्छन् हामीलाई कहाँ पाउछ उक्त बजेट थाहै छैन्’ बिरभाने बादी भन्छन् । बस्तीमा एक छाक टार्न बादी समुदायका परिवारलाई अहिले धौं धौं छ् । सरकारले बैशाख ३० गते स्थानिय निर्वाचनको मिति तोकेको छ् । दोधारा चाँदनीको सबै वडाका टोल बस्तीमा दलहरुले भेला तथा कमिटि गठन कार्यलाई तिब्रता दिदै आएको छ् । तर दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने बादी घरपरिवारको आंगन सम्म स्थानिय निर्वाचनको रौनक छाएको देखिन्न् । स्थानियहरुको खेतवारवारी, चिया पसल चौतारामा स्थानिय चुनावी रमझम छ् । तर बादी बस्तीमा कुनै दलका कार्यकर्ता पनि स्थानिय निर्वाचन बारे रिझाउन समेत पुगेका छैनन् । ‘हामीलाई निर्वाचन आएपनि नआएपनि कुनै असर छैन्’ बादी घरपरिवार भन्छन् । स–साना त्रिपालले छाएको झुप्रामा जिवन यापन गर्दै आएका बादी समुदायलाई बिहान र साँझ के खाने चिन्ता नै ज्युको त्युँ छ् । उनीहरुको पिडा कसैले समाधान गर्ने तर्फ चाँसो देखिन्न् । ‘हाम्रो पिडा कसले समाधान गर्ला ? देशमा गणतन्त्र आयो भन्छन् । तर हाम्रा दिन भने फेरिएनन्’ बादीहरुको दुखेशो छ् ।


ताजा समाचार

spot_img