कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको मिति घोषणा


कञ्चनपुर :  कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको लागि मिति घोषणा गरेको छ।No description available.सनिवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न छलफलका साथै साधारणसभाको मिति घोषणा गर्ने निर्णय गरेको कञ्चनपुर फुटबल संघका महासचिव रमेश चन्दले बताउनु भएको हो।No description available.जिल्लाको साधारणसभा तथा अधिवेशन गर्नको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) ले ४८ वटा जिल्ला लाई निर्वाचन निर्देशिका अनुसार अधिवेशन फागुन १५ देखि ३० गतेसम्म गर्नु पर्ने पत्राचार अनुसार जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरिएको महासचिव चन्दले बताउनु भयो। उनका अनुसार , अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचन निर्देशिका अनुसार अधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै संघमा आबद्ध क्लबले मताधिकारी ,प्रतिनिधिको नाम र क्लबको २०७८/०७९ साल सम्मको नवीकरण सहित आवश्यक कागजात सहित क्लबले फागुन ७ गते दिउँसो १२ बजे भित्र संघमा बुझाई सक्नु पर्ने र अर्को बैठक फागुन ७ गते बस्ने छ।No description available.बसेको बैठकबाट विभिन्न छलफलका साथै साधारणसभा तथा अधिवेशनको मिति घोषणा गरिएको र बैठकमा कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध सदस्य क्लबहरु का पदाधिकारीको उपस्थिति रहेको थियो।No description available.No description available.No description available.


ताजा समाचार

spot_img