जिल्ला स्तरीय मध्यकालीन तालिम सम्पन्न


महेन्द्रनगर :कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा जिल्ला स्तरीय मध्यकालीन तालिम सम्पन्न भएको छ।
शुक्रबार अपाङ्ग महिला संघ कञ्चनपुरले अधिकारका लागि अभियान : प्रभावकारी नीति निर्माणका लागि अपाङ्गता भएका महिलाहरुको सशक्तीकरणका लागि जिल्ला स्तरीय मध्यकालीन तालिमको आयोजना गरिएको हो।
अपाङ्गता भएका महिलाहरु लाई नीति निर्माणमा सशक्तीकरण बनाउने उद्देश्यले नेपाल अपाङ्ग महिला संघ केन्द्रीय कार्यालयको आर्थिक सहयोग नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको आयोजनामा जिल्लाका ८ वटा स्थानीय तह भीमदत्त ,महाकाली ,बेदकोट,शुक्लाफाँटा ,कृष्णपुर ,पुनर्वास ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाका अपाङ्गता भएका महिलाहरू लाई एक दिने तालिमको आयोजना गरिएको जसमा २० जनाको सहभागिता रहेको नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुंगानाले बताउनु भयो।
तालिम एकदमै प्रभावकारी भएको जसले गर्दा आउदा दिनमा पनि आफुहरुले आफ्नो वर्गलाई सशक्तीकरण गर्नमा सहयोग पुग्ने र आगामी दिनमा पनि सक्षम बन्नका लागि यस्ता किसिमका तालिमको आवश्यकता रहेको तालिमा सहभागीले बताउनु भयो। May be an image of 10 people and people standingतालिमको सहजीकरण नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष ढुंगानाले गर्नु भएको थियो।May be an image of 9 people, people sitting, people standing and indoorNo description available.May be an image of 6 people, people standing and indoorMay be an image of 4 people, people sitting and indoorMay be an image of 5 people, people sitting, people standing, indoor and text that says 'T 2022/2/11 15:09'

ताजा समाचार

spot_img