कोभिड १९को तेस्रो लहरले बन्द भएका विद्यालय फागुन १ बाट नियमित हुने

कञ्चनपुर : फागुन १ गते बाट भौतिक रुपमै कक्षा सञ्चालन हुने भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरले कञ्चनपुर जिल्ला भित्र रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई फागनु १ गते बाट कक्षा सञ्चालन गर्नको लागि पत्र पठाएको छ । कोभिड –१९को तेस्रो लहर आए पछि विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन बन्द गरेका थिए ।

शिक्षा तथा मानवश्रोत विकास केन्द्र सानो ठिमिभक्तपुरले माघ २८ गते दिएको निर्देशन बमोजिम विद्यालय, टयुशन सेन्टर, तालिम तथा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थय र सुरक्षाको मपदण्ड पालना गर्ने गरी कक्षा सञ्चालन गर्न भनेको छ जसमा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका लागि आलो पालो दिनमा कक्षा सञ्चालन गर्ने बताएको छ ।

ताजा समाचार