कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्रमा निड्स नेपालद्धारा आप्रवासी कृषि तथा पशुपालनका लागि सहयोग गरेको छ।
बिहिवार एक कार्यक्रमका साथ जिल्लाकाे दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका अन्तर्गत वडा नं. ५,६, र ९ का ४० जना अाप्रवासिलाई स्थानीय कुखुराका चल्ला, कृषि बीउ र स्प्रे टयांकि गरि प्रती व्यक्ति लाई पाँच हजारका दर ले २ लाख बराबरको सामग्रीको हस्तान्तरण गरेको रिकवर परियाेजनाका कार्यक्रम संयाेजक विनाेद सिंह कडाराले बताउनु भयो।
बिहिवार एक कार्यक्रमका साथ जिल्लाकाे दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका अन्तर्गत वडा नं. ५,६, र ९ का ४० जना अाप्रवासिलाई स्थानीय कुखुराका चल्ला, कृषि बीउ र स्प्रे टयांकि गरि प्रती व्यक्ति लाई पाँच हजारका दर ले २ लाख बराबरको सामग्रीको हस्तान्तरण गरेको रिकवर परियाेजनाका कार्यक्रम संयाेजक विनाेद सिंह कडाराले बताउनु भयो।उनका अनुसार लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) को सहयोगमा निड्स नेपालले पुनर्वास नगरपालिका पनि सामग्री हस्तान्तरण गरेको हो।

पुनर्वास नगरपालिका वडा नं ६ का अध्यक्ष मन बहादुर गुरुङ अध्यक्षतामा औपचारिक रुपमा कार्यक्रमको आयोजना गरि कृषि तथा पशुपालनमा सहयोग पुग्ने उद्देश्यले आवश्यक वस्तु हस्तान्तरण गरिएको हो। निड्स नेपालले कोभिड – १९ को महामारी रोकथाम तथा नियन्त्रणका कार्यमा मात्र नभई सधै यस पालिकालाई सहयाेग गरिरहेकाे साथै यसले महत्त्वपूर्ण सहयोग पुगेको वडा न. ५ का वडा अध्यक्ष वीर बहादुर बोगटी बताउनु भयाे । त्यस्तै कृषि शाखाका प्रमुख कर्ण बहादुर शाही बोल्दै निड्स नेपालले गरेकाे सहयाेग अहिलेक स्थितिमा महत्त्वपूर्ण रहेकाे छ । यदि मेहनतका साथै लगनशीलताले काम गर्न सके यसले राम्रै उपलब्धि लिन सकिने कुरामा विशेष जाेड दिनु भएकाे थियाे ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षतामा रहनु भएका वडा नं ६ का अध्यक्ष मन बहादुर गुरूङ निड्स नेपालले कोभिड -१९ को पहिलो, दोस्रो र तेस्रो लहरमा विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएकोले धन्यवाद समेत दिनु भयो। साे सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,रिकवर परियाेजनाका कार्यक्रम संयाेजक विनाेद सिंह कडारा ,निड्स नेपालका कार्यक्रम अधिकृत रोशनी धामी लगायतको उपस्थिति रहेको थियो। भने उक्त कार्यक्रम निड्स नेपालका कृषि प्राविधिक रामचन्द्र उपाध्यायले संचालन गर्नु भएको थियाे ।

एलडब्लुआरको अार्थिक तथा प्राविधिक सहयोगमा निड्स नेपालले कञ्चनपुरका तीन वटा पालिका भीमदत्त , कृष्णपुर र पुनर्वास नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।





