नेकपा (एमाले) ले दोधारा चाँदनीको बस्तीमा


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको टोल स्तरिय विस्तारित बैठक संचालन भईरहेको छ् । दोधारा चाँदनीमा नेकपा एमालले वडा नं. २ र १० मा टोल स्तरिय बिस्तारित बैठक सम्पन्न गरेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ पुर्णागिरी टोलमा टोल स्तरिय बिस्तारित बैठकमा कौशिल्या सुनारको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटि गठन भएको छ् । उपाध्यक्षमा कृष्णा औजी, सचिवमा दुर्गा भाट रहेका छन् । वडा नं. १० को लटाली टोलमा करन बहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटि गठन भएको छ् । उपाध्यक्षमा देबु सुनार, सचिवमा कमला सुनार रहेका छन् । यस्तै बैतिफाँटा टोलमा मनबिर सुनार अध्यक्ष, उपाध्यक्षमा बन बहादुर सुनार र सचिवमा निरमा चदारो गरि १७ सदस्यीय टोल कमिटि गठन भएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । टोल स्तरिय बिस्तारित बैठकमा नेकपा एमाले नगर अध्यक्ष हरसिंह धनाडी, जिल्ला कमिटि सदस्य राजिव खड्का, जिल्ला कमिटि सदस्य गगन खत्री, नेकपा एमालेका नेता किशोर कुमार लिम्बु, पदम रावल, पदम बहादुर सिंह, दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख चिनी ओझा गिरी लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाादनी नगरपालिकाका सबै वडामा नेकपा एमालले वडा स्तरिय बिस्तारित बैठक संचालन गर्न लागेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । वडा कमिटी तथा टोल कमिटिलाई अझ गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने कार्य पार्टीको रणनिती अनुरुप वडा तथा टोलहरुमा बिस्तारित बैठक अघि बढाईएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । वडा कमिटिका विस्तारित बैठक सम्पन्न पछि जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए । आउदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी हुने र त्यसको लागी पार्टी पंक्ती कटिबद्ध रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिईएको छ् ।


ताजा समाचार

spot_img