कञ्चनपुर : बैजनाथ माध्यामिक विद्यालय नयाँ तिलकपुरका प्रअ मदन बहादुर विष्ट र नेपाली काँग्रेस भीमदत्त नगरपालिका ३का वडा सभापति शरण शाहीले किरियापुत्री दलित पत्रकार कृष्ण नेपालीलाई क्रिरिया खर्च दिएका छन । आर्थिक रुपमा विपन्न दलित समुदायका पत्रकार दमाईको परिवारलाई घरमै पुगेर प्रअ विष्ट र वडा सभापति शाहीले आर्थिक सहयोग गरेका हुन ।

दुवै जनाले क्रिरिया खर्च भन्दै एक एक हजार नगद दिएका हुन । काँग्रेस वडा सभापतिका तर्फबाट काँग्रेस स्थानीय नेता सुरेश विष्ट, बिर बहादुर महता थिए । पत्रकार दमाईका पिताको गत साता मुटु रोगका कारण निधन भएको थियो । शोकाकुल दलित परिवारले देशमा दलितका नाममा ठुल ठुला एनजिओ चलाउने, नेतागिरी गर्ने तर, दलित परिवारमाथि बज्रपात पर्दा कोही दलित नेता, एनजिओकर्मी पत्रकारले आफुहरुको पीडामा समान्य समवेदना समेत प्रकट नगरेको र बरु दलितको पीडामा गैर दलित समुदायबाट सहयोग भईरहेको दुखेसो पोखेका छन । प्रअ विष्टले पत्रकार दमाईका बाबुको स्वर्गाबासले गाँउले एक पुस्ता गुमाएको बताए ।

