आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनुहोस

प्रकाश दत्त भट्ट/कञ्चनपुर : आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइट र एन्ड्रोइड एप्लिकेसन मार्फत पनी नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।

बेबसाइट बाट आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस https://election.gov.np/np/page/voter-list र एन्ड्रोइड मोबाइल मार्फत Election Commission, Nepal को एप्लिकेसन मार्फत मोबाइल एप लिङ्क (https://play.google.com/store/apps/details?id=com.pcs.election2017&hl=en_US&gl=US) डाउनलोड गरे पश्चात आफ्नो प्रदेश, स्थानियतह, वडा नं., र मतदानकेन्द्र छाने पश्चात नेपालीमा आफ्नो नाम लेख्नुभयो भने तपाइको नाम मतदाता नामावलीमा फेलापार्नु हुनेछ ।

वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम मंगलबारबाट स्थगित गरेको थियो । निर्वाचनको मिति घोषणापछि निर्वाचन आचारसंहिता अनुसार मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो।

ताजा समाचार