कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ नितु भट्टले किरियापुत्री दलित पत्रकार कृष्ण दमार्ईको परिवारलाई खाद्यान्न सहयोग गरेकी छिन । काँग्रेस भीमदत्त नगरकी सचिव समेत रहेकी समाजसेवी भट्टले दलित पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन ।

आर्थिक रुपमा विपन्न पत्रकार दमाईको निवास भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमै पुगेर काँग्रेस नेतृ भट्टले चामल, दाल नुन तेल सहयोग गरेकी छिन । आर्थिक रुपमा विपन्न भएका दलित परिवारका लागि संकट परेका बेला व्यत्तिलगत तर्फबाट सानो सहयोग गरेको उनले बताईन ।

‘यो उहाँको संकटको समय हो, ‘उनले भनिन, ‘घरमै पुगेर समवेदना र आधारभूत आवश्यकताको खाद्यान्न सहयोग गरेका छौँ ।’ आगामी दिनमा समेत दिनदुखीका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

