बाजुरामा बँदेलको आक्रमणमा परि एक बालकको मृत्यु

महेन्द्रनगर : बाजुरामा बँदेलको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेका छन् । सोमवार दिउँसो छाप्रा डोरा सामुदायीक बनमा बाख्रा चराउन गएको बेला उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् ।

बदेलले आक्रमण गरेको खवर पश्चात स्थानीयले उनलाई उपचारका लागि कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजादै गर्दा बिचबाटामै मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए । मृतक बिष्टको मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा दिने प्रहरी निरीक्षक साँउदले जानकारी दिएका छन ।

ताजा समाचार