कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ सिसैयाका करन सिंह ऐर सामाजिक अगुवामा परिचित छन । जीवनका उर्जावान समय उनले सामाजिक सेवामा खर्चेका छन । गाँउको विकास निर्माण, सामाजिक संघ संस्था, विद्यालयको अगुवाई गर्ने एक्ला व्यक्तिका रुपमा उनी रहेका छन । उमेरले छ दशक पार गर्नै आँटेका ऐरमा पहिला जस्तै सामाजसेवा गर्ने जोस जाँगर छ । अझै पनि सामाजिक कार्यको अगुवाई गर्दै आएका छन । गाउँमा रहेको असिग्राम माध्यमिक विद्यालयका संस्थापक सदस्य रहेका ऐरको विद्यालयलाई यहाँ सम्म ल्याई पुरयाउनमा ठुलो योगदान रहेको छ । विसं २०४५ सालमा खरको छाप्रोबाट शुरु भएको विद्यालयका संस्थापक सदस्य हुदै उनी छ वर्ष देखि निरन्तर रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन हुदै आएका छन । ऐरकै नेतृत्वमा विद्यालयमा माध्यमिक तह सम्मको पठनपाठन हुन थालेको छ । खरको छाप्रोबाट सञ्चालन भएको विद्यालयका अहिले पक्कि भौतिक संरचना निर्माण भएका छन ।

विद्यालयका प्रद्यानाअध्यापक भरत बहादुर ऐर सामाजिक कार्यमा अगाडी सर्ने करनको कार्यको प्रशंसा गर्न चुक्नु हुदैन । ‘विद्यालयको पक्कि भवन, सरस्वती मन्दिर, पर्खाल, गेट, सौचालय, कम्प्युटर ल्याव, लाईव्रेरी लगायत ऐरकै कार्यकालमा वनेका हुन’ उनले भने, ‘उनकै अगुवाईमा विद्यालय सहित अन्य क्षेत्रमा विकास निर्माण हुने गरेको छ ।’ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित ऐरले दुई कार्यकाल वृन्दावन सामुदायिक वनको अध्यक्ष भएर विताएका छन । गाँउकै अर्को मंगल आधारभूत विद्यालयमा दुई कार्यकाल व्यवस्थापन समितिका अध्यक्ष रहेर कार्य गरेका छन ।
श्रोत व्यवस्थापन समितिको अध्यक्ष समेत रहि सकेका ऐर श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा पाँच कार्यकाल सदस्य पदमा समेत रहेका थिए । पञ्चायति शासनकालमा दुई पटक वडा अध्यक्ष र विसं २०४६ साल पछिको राजनीतिक परिवर्तन पछिको निर्वाचनमा वडा अध्यक्ष पदमा चयनभै उनले कार्य गरेका छन । वडा नागरिक मञ्चका दुई पटक अध्यक्ष, सर्वदलिय संयन्त्रको सदस्य, गौशाला व्यवस्थापन समितिको अध्यक्ष, नगर उद्यानको जग्गा संरक्षण समितिका अध्यक्ष रहेका ऐर हाल वडा सदस्यका रुपमा रहेका छन । ‘२५ वर्षको उमेर देखिनै सामाजसेवा र राजनीतिमा सक्रिय रहदै आएको छु’ उनले भने, ‘धेरैले समाजसेवा र राजनीतिमा लागेर सम्पती कमाएका छन । मैले गुमाएको छु ।’

दुई विघा जग्गा (हालको मूल्य रु दुई करोड), चार वटा वजार क्षेत्रका घडेरी (हाल मूल्य रु दुई करोड २५ लाख) समाजसेवा गर्ने क्रममै बेचेर सिद्धयाएको उनको भनाई रहेको छ । जग्गा बेचेको सबै रकम सामाजिक क्षेत्रमै खर्च गरेको उनी बताउ छन । ‘वडाका अधिकांस क्षेत्रका सडकमा ग्राभेल हाल्ने कार्य देखि तटबन्ध निर्माण गर्ने कार्य सम्मका कार्य मैले गरेको छु । निर्माण सामग्रीको दर रेट सार्वजनिक गरी कार्य पारदर्शी रुपमा गर्दै आएकाले अझै पनि स्थानिय बासिन्दाले विकास निर्माणका कार्यमा अग्रसर हुनका लागि प्रेरित गर्दै आएका छन’ उनले भने, ‘सधैंभरी वडावासीको साथ पाउदा सामाजिक क्षेत्रमा अहिले सम्म टिक्न सकेको छु ।’ ‘पदका लागि कहिले पनि लोभ गरिन । पैशामा आँखा गाडिन । राजनीतिमा पछाडी पार्दा कति पटक मनमनै रोएको छु’ उनले भने, ‘तर पनि कसैका लागि अहिले सम्म अहित गरेको छैन । सोचेको पनि छैन ।’ नेपाली काँग्रेस पार्टीमा आवद्ध रहेका ऐर विसं २०४८ साल देखि २०७७ साल सम्म वडा सभापति पदमा रहेका थिए। हालै भएको पार्टी अधिवेशनबाट वडामा नयाँ सभापती चयन भएका छन । सभापती भनेर ऐरलाईनै अहिले पनि सबैले चिन्ने गरेका छन ।

वडा देखि नगरपालिकाका बासिन्दाले ऐरलाई अहिले पनि सभापती महोदय भनेर बोलाउने र सम्बोधन गर्ने गरेका छन । नेपाली काँग्रेसमा आवद्ध भएपनि करन सबै पार्टीका पृय पात्रका रुपमा रहेको स्थानिय शिक्षक तेज बहादुर सुनार बताउ छन । सबै पार्टीले सामाजिक क्षेत्रको अगुवाई गर्ने कार्य आए करनकै नाम आफै प्रस्तावका रुपमा ल्याउने गरेका छन । उनले समाजका लागि गरेको त्यागकै कारण सबैले सम्मान गर्ने गरेको शिक्षक सुनारको भनाई रहेको छ । परिवार भन्दा समाजलाई बढी महत्व दिएर कार्य गर्दा ऐर समाजको अगुवाई गर्ने अहिले पनि एक्ला अभियन्ताका रुपमा रहको उनको बुझाई रहेको छ । पार्टीमा आवद्ध भएर राजनीति गर्नेले सामाज सेवालाई पनि संग संगै लैजान सके जनताको मन जित्न सक्छन । राजनीति कमाउने साधन बनाए एक पटकका लागि अगाडी बढे जस्तो देखिएला पछि त्यसले नतिजा नराम्रो देखाउने ऐर भन्छन । ‘पहिला थोरै बजेट हुदा समेत कार्य गुणस्तरयुक्त हुन्थ्यो । अनुगमन कडा हुन्थ्यो’ उनले भने, ‘हाल बजेट धेरै भएपनि कार्य गुणस्तरयुक्त हुन नसक्नुमा समाज पनि जिम्मेवार रहेको छ ।
समाजले खवरदारी गर्दैन । जनप्रतिनिधिले गुणस्तरयुक्त कार्य गराउनका लागि प्रतिवद्ध हुदैनन । गुणस्तरहीन कार्य गर्नेलाई दण्डीत नगर्ने परिपाटीले समाजमा सुशासन कायम हुन सकेको छैन ।’ ‘जनप्रतिनिधि छान्दा सामाजमा कसले सुशासन कायम गर्न सक्छ । कुन त्यस पदका लागि उपयुक्त छ । उम्मेदवारको पुरै पृष्टभूमी अध्ययन गरी मतदाताले मतदान गरे समाजमा विकास हुन सक्छ’ उनले भने ‘हाल सम्म मतदाताले आफनो स्वविवेक प्रयोग गरेको जस्तो लाग्दैन । अव हुने निर्वाचनमा योग्य उम्मेदवार चयनका लागि एक पटक सोचविचार गरी मतदान गर्नोस । गुलिया नारा र भाषणको पछि लाग्दा चुनाव जिताएकाहरुले विकास निर्माण गरेनन् । गुणस्तरयुक्त कार्य गरेनन् भनेर पछि पछुताउनु भन्दा अहिलेनै सोचविचर गर्नु आवश्यक छ ।’
