महेन्द्रनगर ,
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाको जागृति टोल विकास समितिले कलभर्ट फराकिलो बनाउनका लागि सडक डिभिजन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीनपा ६ ऐठपुर बाल जागृती नजिक नेगि टोल जाने बाटोमा रहेको कलभर्ट फराकिलो बनाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय युवा तथा राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका सह संयोजक नितेश रावलले सडक फराकिलो भएपनि कल्र्भट फराकिलो नहुँदा समस्या भएको भन्दै कलभर्ट फराकिलो बनाउन माग गरेको बताए । नयाँ बजेट विनियोजन गरेर निर्माण गर्न माग अघि सारेका छन ।
स्थानीय युवा तथा राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका सह संयोजक नितेश रावलले सडक फराकिलो भएपनि कल्र्भट फराकिलो नहुँदा समस्या भएको भन्दै कलभर्ट फराकिलो बनाउन माग गरेको बताए । नयाँ बजेट विनियोजन गरेर निर्माण गर्न माग अघि सारेका छन ।बर्षातमा आउने क्षमता मध्य नजर एव वडाबासीका डुवानको समस्या मध्य नजर गर्दै नयाँ ढङगबाट फराकिलो कल्र्भट निर्माणका लागि ज्ञापन पत्र बुझाएको हो । जागृति टोल विकास समितिका अध्यक्ष मिरा भट्ट सहितका स्थानीयले सडक डिभिजन कार्यालयका ईन्जिनियर नरेन्द्र भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।







