महेन्द्रनगर : कञ्चनपुरमा चित्तल मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालीका वडा नम्बर १ गणेशपुरमा रहेको जनज्योती सामुदायिक वनमा चित्तल मृत अवस्थामा फेला परेको हो । सोमबार बिहान सामुदायिक वनमा गएका सामुदायिक वनका पदाधिकारीले वन निरिक्षण गर्ने क्रममा एक मृत अवस्थामा चित्तल भेटिएको पाइएको बताएका छन् ।

मृत अवस्थामा भेट्टिएको चित्तल चितुवाले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ । केहि दिन देखि चितुवाले गणेशपुर, बन्शाह, ठकनियामा गोठमा पसेर बाख्रा खाएको थियो । चितुवाको साथमा सानो बच्चा रहेको हुदाँ आहारका लागि चितुवाले बाख्रा खाने गरेको स्थानियले जानकारी दिएका छन् ।

