कञ्चनपुर : कञ्चनपुरमा नक्कली प्रहरी बनेर एक स्थानियलाई लुटपाट गरिएको छ । प्रहरीको व्युरोबाट हो भन्दै खान तलासी गरी आफु संग भएको नगद पैसा दिनदहाडै लुटेर लगेको भीमदत्त नगरपालिका १३ बडैपुरका स्थानीय पदम कठायतले बताएका छन् । “घटना माघ ९ गतेको हो म गडडाचौकीबाट बजार जादै थिए ।
सुखासाल नजिकको हाईवेमा मोटरसाईकलमा जाँदै गर्दा अन्दाजी ३० वर्षका सुमित चन्द डाफाले आफुलाई रोकेर त संग लागुऔषध छ चेकजाँच गर्नु पय्रो, म प्रहरी व्युरोको मान्छे हो, भन्दै खान तलासी गरे, पिडित कठायतले भने, “मैलै पनि त्यसो भए चेक गर्नु भने, मेरो खल्तीबाट केही भेटिएन तर म संग रहेको नगद २५ हजार ६ सय ?पैँया लगेर फरार भएको छ ।” मैले पैसा माग्न खोज्दा तलाई जेलमा जागिदिउ भन्दै गाली गलौज गर्दे भागेको उनले बताए ।
केही समयपछि स्थानयिह?ले आफुलाई भनेपछि थाहा पाए की उ नक्कली प्रहरी रहेछ भनेर, उसले प्रयोग गरेको ८५९ नम्वरको मोटरसाईकल गडडाचौकीका ईन्चार्ज सई जिवन गु?ङको रहेछ । तत्काल आफुले ईन्चार्ज सई जिवन गु?ङलाई फोन गर्दा उनले उक्त मोटरसाईकल डाफाले लगेको थाहा नभएको प्रतिक्रिया दिए । आफुले निवेदन दिएको पनि २ साता बित्दापनि आफुले न्याय नपाएको महसुस गरिरहेको छु उनले भने,चोर मज्जाले बजारमा घुमिरहेको छ । पिडित कठायतले भने, प्रहरीबाट खासै राम्रो सहयोग नपाएको उनले गुनाशो गरे ।
यता, गडडाचौकीका ईन्चार्ज सई जिवन गुरुङले आफुलाई थाहा नै नदिएर मोटरसाईकल चोरेर लगेको गैर जिम्मेवार पूर्ण जवाफ दिएका छन् । पहिला पनि बिभिन्न मुद्धा लागेर जेल जिवन बिताएका डाफाले होटेल बाहिर राखेको मोटरसाईकल चोरेर लगेको र उसको खाजी कार्य भई रहेको गडडाचौकीका ईन्चार्ज सई गुरुङले बताए । यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले उक्त व्यक्तिको खोजी कार्य भईरहेको बताएका छन् ।