एमसिसि विरुद्ध झलारीमा समाजवादीको मसाल जुलुस

कञ्चनपुर : एमसिसि विरुद्ध कञ्चनपुरको झलारीमा आज नेकपा(एकिकृत समाजवादी) निकट युवा संघ नेपालमा आवद्ध युवाहरुले मसाल जुलुस निकालेका छन । झलारीबजार क्षेत्रमा राष्ट्रघाती एमसिसि सम्झौता रद्द गर्नु पर्ने माग अघि सार्दै युवाहरुले मसाल जुलुस निकालेका हुन । एमसिसि विरुद्ध युवाहरुले चर्का नारावाजी गर्दै झलारी बजारमा कोण सभा गरेका छन ।

कोण सभामा बोलदै युवा संघ शुक्लाफाँटा नगरपालिकाका अध्यक्ष हर्क बिसिले राष्ट्रियता इतिहासकै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै देशको स्वाधीनता र जनताको अधिकारका लागि युवाहरु सडमा उत्रिएको बताए । एमसिसि देश हितमा भए मात्रै सम्झौता कार्यान्वयन हुनु पर्छ उनले भने, संसोधन नगरीकनै एमसिसि पािरत गरिनु हुदैन ।

ताजा समाचार