महेन्द्रनगर : महेन्द्रनगर बजारमा योग्य ड्राईभर बनाउनकालागि भुमीराज ड्राईभिङ सेन्टरको स्थापना भएको छ । दैनिक सडक दुर्घट्ना बढिरहेको बेला दक्ष ड्राईभर निर्माणको उद्देश्यले ६० लाखको लगानीमा स्थापना गरिएको श्री भुमीराज ड्राईभिङ सेन्टरको श्री बसन्त पञ्चमीको अवसरमा समुद्धघाटन गरिएको हो ।
सेन्टरका संञ्चालक हरिकृष्ण भट्टका अनुसार ग्राउण्डको फाउण्डेन लगायतका संरचना निर्माणमै ११ लाख खर्च भएको र कार खरिद लगायतको खर्चगरि ६० लाख भएको छ । सेन्टरको स्थापनापश्चात ३ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । सेन्टरले सिकारुलाई सहजरुपमा सिकाउने संञ्चालक भट्टले बताए ।
सेन्टरले सुरुवाती चरणमा कार चलाउन प्रशिक्षार्थिहरुलाई सिकाउने र विस्तारै स्कुटी, मोटरसाईकलगायतका ड्राईभिङ सिकाउने संञ्चाक हरिकृष्ण भट्टले बताए । ड्राईभिङ सेन्टरको समुद्धघाट्न सञ्चालक भट्टका बुवा जेष्ठ नागरिक ८५ बर्षिय जयनन्द भट्टले गरेका थिए । समुद्धघाट्न कार्यक्रममा घरेलु उद्योग कार्यालयका कार्यालय प्रमुुख धर्मानन्द भट्ट रहेको थियो ।
