महेन्द्रनगर:श्रीपञ्चमीका अवसरमा महाकाली साहित्य सङ्गम,डोट्याली भाषा अनुसन्धान केन्द्रले तयार पारेको डोट्याली बहुभाषिक शब्दकोष लोकार्पण गरिएको छ। महाकाली साहित्य संगमका अध्यक्ष हरीश प्रसाद जोशीको सभापतित्व र नमूना शर्मा प्राज्ञ संगित तथा नाट्य प्रतिष्ठानको प्रमुख आतिथ्यमा तथा आनन्दि पन्त , लिलाधर बास्कोटा ,दीर्घ फुलारा तथा भोजराज जोशी बिशिष्ट अतिथि रहनु भयेको उक्त कार्यक्रममा समिक्षक -डा टेकराज पन्त, पुष्पमणी भट्ट तथा पञ्चमराज भट्ट रहेका थिए। डोट्याली भाषाका ५ हजार शव्द संकलित कोशमा अङ्ग्रेजी फोनेटिक सिम्बोल संगै अंग्रेजी र नेपाली अर्थ समेटिएको छ। शब्दकोष संगै २००जति डोट्याली उखान पनि संकलित छन।

टिप्णणि कर्ता – अनुराधा रोकाया असोकराज खाति रहेका थिए। बहुभाषिक कोष वंशिघर जोशीको संयोजनमा तयार भयेको थियो । अर्जुन नेगी,त्रिलोक दत्त तिवारी , हरि खतिवडा, के एन बियोगी भवनेश्वरी वडू हरिश प्र जोशी, देवसिह नाथ, कृष्ण साउद ,एम एस साउद, डि एन जोशी लक्ष्मी प्रसाद भट्ट शब्दकोष निर्माणमा संलग्नता रहेको थियो । कार्यक्रमका अतिथि -हरिप्रसाद खतिवडा, भुवेश्वरी वडू, लक्ष्मी कान्त जोशी, वीरबहादुर चन्द घर्मानन्द भट्ट, कल्यान ओझा , मिना पन्त, मधु हमाल रहेका थिए।

कार्यक्रममा राजेन्द्र रावलले स्वागत मन्तव्य राखेका थिए भने वंशिधर जोशीले शब्दकोष निर्माण बारेमा मन्तव्य राखेका थिए।
मंगलाचरण जगदीश ओझा, डम्बर शर्मा वडू र दीर्घराज ओझाले प्रस्तुत गरेको कार्यक्रममा अम्बादत्त जोशीले कविता, सरिता पन्थीले गजल, चिना नेपाली, गीता आउजी, मोहन औजीले वसन्त गायन रे दीर्घ फुलाराले लोक दोहरी प्रस्तुत गरेका थिए।

