‘प्रेमको कहानी’ मा बेलडाँडिका युवा दिनेश ( भिडियो सहित)

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भएका युवा दिनेश सुनार ‘प्रेमको कहानी’ मा देखिएका छन् ।
सानै देखि अध्ययनको क्षेत्र देखि लिएर वैदेशिक यात्रा सम्म पुग्दा पनि उनी भित्रको कला र गलाले भने कहिले पनि सात छाडेनन् । गायनको क्षेत्रमा अत्यधिक रुचि भएका युवा दिनेश सुनार एका एक मोडेल तिर देखिन थालेका छन् । मोडेल दिनेश सुनारको अभिनयमा गायक सागर तामाङ र दिव्या राईको युगल गायनमा समावेश ‘प्रेमको कहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा कुशांग लिम्बुको शब्द, संगीत रहेको छ। दीक्षित पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न.१ घर भएका दिनेश सुनार र सोनिया राई बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। विनोद विनिर्जारा राईको छायाँकन र सम्पादन रहेको यस भिडियोलाई थमन केसीको निर्देशनमा तयार पारिएको हो।
एसएसओजी अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

ताजा समाचार