राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लाई सरकारको सम्मान


काठमाडौं: सरकारले १३ औं दक्षिण एसियाली फुटबल(साफ)को उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई नगद सहित सम्मान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत महिना प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगद सहित सम्मान गरेकामा सो समयमा छुटेका अलमुताईरीलाई शुक्रबार बिहान सम्मानित गरिएको हो।No description available. सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । पूर्व घोषणा अनुसार सरकारले खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्र सहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा विभागीय मन्त्री महेश्वर गहतराज पनि सहभागी थिए ।No description available.

नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित बनेको थियो ।

सम्मानित खेलाडीहरु : किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा

प्रशिक्षक:अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ, बिकाश मल्ल

फिजियो अबिष्कार पुडासैनीव्यवस्थापक मधुशुदन उपाध्याय


ताजा समाचार

spot_img