शुक्लाफाँटामा महिलालाई बाख्रा वितरण

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका ४ को सम्झना एकल महिला समूहमा आवद्ध ६ जना एकल महिलालाई बाखा्र वितरण गरिएको छ । शुक्रबार कार्यक्रम गरी समूहका महिलालाई एक÷एक बाख्रा दिइएको छ ।
समूहको पहलमा मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरको समन्वय तथा शुक्लाफाँटा नगरपालिका वडा नं. ४ को कार्यालयबाट एकल महिला बाख्रा पालन अनुदान कार्यक्रमका लागि बिनियोजन गरिएको ५० हजार रुपैयाबाट ६ जना एकल महिलालाई एक एक ओटा बाख्रा बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अथिति शुक्लाफाँटा नगर पालिका वडा नंं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्ट ले एकल महिलाको जिविकोपार्जन र आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले स्थानिय सम्झना एकल महिला समुहको मागका आधारमा ६ जना एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको बताए ।May be an image of 11 people, people sitting and people standing
उनले भने “अति बिपन्न एकल महिलाको आयआर्जन मा सघाउ पुगोस, र उनीहरु क्रमिक रुपमा जिविकोपार्जनका लागि बाख्रा पालनमा संलग्न होउन भनेर बाख्रा बितरण गरेका हौं, आशा छ उहाँहरुले राम्रारी पालेर बाख्रा बढाउनुु हुनेछ । निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भएपनि, जो जिम्वेवारीमा आएपनि वडा कार्यालयबाट आगामी दिनमा पनि सिमान्तकृत एकल महिलालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अथिति डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीले वडा कार्यालयबाट गरीएको बाख्रा सहयोगले एकल महिलाहरु उत्साहित भएको बताउदै आगामी दिनमा पनि सहयोगको निरन्तरता हुने बिश्वास ब्यक्त गरिन् ।
कार्यक्रमका अथिति डब्लुएचआरका सचिव रमा पन्तले ४ नं. वडा कार्यालयबाट बजेट बिनियोजन गरेर एकल महिलाकालागि आयआर्जनमा सहयोग पुरयाउन बाख्रा सहयोग गरेकोेले वडा अध्यक्षलाई धन्यवाद दिदै भनिन्, ‘बाख्रा पाएका एकल महिला दिदी बहीनीहरुले यसलाईनै उद्यमशिलताको प्रारम्भ बिन्दु सम्झेर बाख्रा पालन उद्यममा लाग्नुे आश छ ।’May be an image of 11 people, people sitting and outdoors
सम्झना एकल महिला समुहको माग तथा डब्लुएचआर कञ्चनपुरको समन्वयमा वडा नं.४ को कार्यालयबाट एकल महिला बाख्रा पालन अनुदान कार्यक्रमकालागि बनियोजित बजेट एकल महिलालाई बाख्रा बितरण गरिएको डब्लुएचआर कञ्चनपुरका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।May be an image of 9 people and people sitting सम्झना एकल महिला समुहका अध्यक्ष कमला महरा जाग्री को अध्यक्षता तथा शुक्लाफाँटा नगर पालिका वडा नं. ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्ट को प्रमुख आथित्वमा सञ्चालन भएको कार्यक्रममा डब्लुएचआर कञ्चनपुर का कार्यक्रम संयोजक बिर बहादुर नेपालीले सहजीकरण गरेका थिए ।

ताजा समाचार

spot_img