दोधारा चाँदनीमा टोल समिति गठन गर्दै कांग्रेस


दोधारा । नेपाली कांग्रेस दोधारा चाँदनीले प्रत्येक वडाका टोलहरुमा टोल समिति विस्तार गर्न थालेको जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडाका टोलहरुमा टोल समिति गठन भईसकेका र केही वडामा टोल समिति गठन गर्ने कार्य भईरहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सदस्य गोपाल सिंह घिमिरेले जानकारी दिएका छन् । पार्टीको सबै भन्दा तलको संगठन तथा अति महत्वपुर्ण कार्यको रुपमा टोल समिति गठन गर्न लागिएको उनको भनाई छ् । टोलहरुमा भएका समस्या तथा त्यसका निराकरणको निम्ती समेत टोल समिति गठन कार्यलाई नेपाली काग्रेंसको अघि बढाएको नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सदस्य गोपाल सिंह घिमिरेले बताएका छन् । आगामी स्थानिय तहको निर्वाचनलाई समेत मध्यनजर राखेर टोल समितिहरु गठन भईरहेका नेपाली कांग्रेस क्षेत्रिय सदस्य कमला उपाध्यायले जनाएका छन् । ‘हामीले अहिले पार्टीको संगठन बलियो बनाउने अभियान सञ्चालन गरेका हौं । सोही अभियान अन्तर्गत अहिले दोधारा चाँदनी नगरपालिकाका सबै वडाका टोलहरुमा टोल समिति गठन गरिरहेका छौं ।’ नेपाली कांग्रेस क्षेत्रिय सदस्य कमला उपाध्यायले भने । झण्डै दुई साता देखि दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुका टोलहरुमा टोल समिति गठन तथा त्यहाका समस्या बुझ्ने तथा समस्या निराकरणको लागथी पहल गरिदै आएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले बताएका छन् । पार्टी संरचनालाई बलियो बनाउन आफूहरुले टोल समिति गठन गर्ने गरेको उनले बताए । वडा, पालिका र जिल्लामा नयाँ नेतृत्व आएकाले टोल समितिलाई पूर्णता दिने कार्य भईरहेको उनको भनाई रहेको छ् । कांग्रेसले अब नगर क्षेत्रमा दैलो टोल तथा वडामा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको बताईएको छ् । प्रत्येक स्थानियको घरमा पुग्ने र उनीहरुका समस्याका बारेमा बुझ्ने अनि कांग्रेसको विचार र रणनीतिका बारेमा बताउने हिसाबले आगामी कार्यक्रम समेत रहेको छ् । अबका दिनहरुमा तिनै तहका निर्वाचनलाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन हुने काग्रेंसको योजना रहेको छ् ।


ताजा समाचार

spot_img