कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका युवा नेता एव केन्द्रीय सदस्य पुर्ण बहादुर चन्द पार्टीको सह प्रवक्तामा मनोनित भएका छन ।

राप्रपा केन्द्रीय कमिटिको बैठकले कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका राप्रपा युवा नेता चन्दलाई केन्द्रीय सह प्रवक्तामा चयन गरेको हो । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले चन्द सहितका विभिन्न नेताहरुलाई जिम्मेबारी दिएका थिए ।

