दोधारा । दोधारा चाँदनी नगरपालिकाका घरमा आगलागी भएका र घर भत्केकाहरुलाई न्यानो कपडा र त्रिपाल बितरण गरेको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा अन्तर्गत रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सैनिक टोल बस्ने अग्नीपिडित आरती सुनार र वडा नं. ९ का लमाल टोलका आर्थिक अवस्था कमजोर भई कच्ची घर मर्मत गर्न नसकेका सगुनी ओड र झिरकुली चदारोलाई न्यानो लुगा, त्रिपाल, बाल्टीन, खाना पकाउने भाडा, सर्जिकल मास्क लगाएत सामग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्याय्ले जानकारी दिएका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयमा उक्त बितरण गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका अध्यक्ष राजेन्द्र मल्ल, सदस्य कमला उपाध्याय्, दधी रावत, स्थानियबासी मुक्तीनाथ पुन मगर, अग्नी पिडित आरती सुनार लगाएको उपस्थिती रहेको थियो । अग्नी पिडित तथा आर्थिक अवस्था कमजोर भएको अवस्थामा कच्ची घर मर्मत गर्न नसकेकाहरुलाई शितलहरको बेला न्यानो संगै उनिहरको दैनिकी चलाउन सहजताको लागी न्यानो लुगा, त्रिपाल, बाल्टीन, खाना पकाउने भाडा, सर्जिकल मास्क लगाएत सामग्री बितरण गरिएको नेपाल रेक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्यायले बताएका छन् । ‘अग्नी पिडित तथा आर्थिक अवस्था कमजोर भएको अवस्थामा कच्ची घर मर्मत गर्न नसकेकाहरुलाई शितलहरको बेला न्यानो संगै उनिहरको दैनिकी चलाउन सहजताको लागी उक्त समान बितरण गरेका हौं’ नेपाल रेक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्यायले भने । आफुहरु पिडामा रहेको बेला नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले सहयोग गरेको भन्दै अग्नी पिडित आरती सुनारले रेडक्रसका पदाधिकारीहरुको प्रशंसा गरेका थिए ।







