राष्ट्रिय युवा संघद्वारा जेठ पहिलो साताभित्रै स्थानीय तहको चुनाव गराउन माग


क्ञ्चनपुर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले जेठ पहिलो साता भित्रै स्थानीय तहको निर्वाचन गराउन माग अघि सारेको छ । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशब कमिटिले आगामी जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गराउन माग अघि सारेको हो । राष्ट्रिय युवा संघ सुप प्रदेशका सह संयोजक नितेश रावलले वर्तमान सरकारले संविधानलाई असर पार्ने गरि चुनाव सार्ने काम गरेको भन्दै युवा संघले समयमै निर्वाचनका लागि माग अघि सारेको बताए ।

युवा संघले मुल्यबृद्धि, कोरोना रोकथामका लागि समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ सुप प्रदेशका इन्चार्ज विष्ना चन्द र सयोजक सन्तोष जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा समयमै स्थानीय तहको चुनाव सहित सुप विश्वविद्यालय राजनीतिक थलोको रुपमा संचालन गर्न खोज्ने क्रियाकलाप बन्द गर्न समेत चेतावनी दिएको छ ।


ताजा समाचार

spot_img