एम्नेस्टी इन्टरनेशनल ग्रुप ४९, महेन्द्रनगरको १० औं साधारण सभा सम्पन्न

महेन्द्रनगर: मानव अधिकारको क्षेत्रमा विश्वव्यापी रुपका कार्यरत संस्था एम्नेस्टी इन्टरनेशनल ग्रुप ४९ को १० औं साधारण सभा ग्रुपका संयोजक हेमराज भट्टको सभापतित्व तथा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लको प्रमुख आतिथ्यमा माघ १६ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एम्नेस्टीले गरेका गतिविधीको बारेमा सचिव विसाल सोनारले प्रस्तुत गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि एम्नेस्टी इन्टरनेशनल ग्रुप ४९ संस्थापक अध्यक्ष भोजराज भट्ट र एम्नेस्टी महीला ग्रुपका संयोजक मधु भारती रहनु भएको थियो भने उक्त कार्यक्रममा ग्रुपका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

बन्दसत्रवाट कोरोनामा महामारी न्यूनिकरणको लागि ठोस नीति ल्याउन एम्नेस्टी इन्टरनेशनल नेपाल मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने, दण्ड हिनताको अन्त हुनु पर्ने, भ्रष्टाचार न्यूनिकरण हुनु पर्ने लगायतका निर्णयहरु गरीयो । ग्रुपका उपसंयोजक सिद्धराज भट्टले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन सचिव विशाल सोनारले गर्नु भएको थियो ।

ताजा समाचार