कञ्चनपुर: स्थानीय तह बेथितिको अर्को नाम जस्तै बनिरहेका छन, कञ्चनपुरका केही स्थानीय सरकार । शक्तिका बलमा स्थानीय तहमा कर्मचारी भर्ना त्यो पनि गैर कानुनी ढङगबाट भर्ना गरिरहेका छन । जनप्रतिनिधीको म्याद सकिएर चुनावको चर्चा भईरहेका बेला कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले गैर कानुनी रुपमा कर्मचारी भर्ना गरेको छ । न कुनै विज्ञापन न सुचना प्रकासित यतिकै राजतन्त्रात्मक शासनका बेला हुकुमी प्रणाली जस्तै बेलडाँडी गाँउपालिकाले तीन जना कर्मचारी भर्ना गरेको पाईन्छ । गत ३० गतेदेखि लागु हुने गरि तीन जनालाई भर्ना गरेको पाईएको छ । दैनिक ज्यालादारी भन्दै तीन कर्मचारी भर्ना गरेपछि स्थानीय राजनीतिक दल आन्दोलित भएका छन । निरज कठायत, दिपेन्द्र बहादुर विष्ट र सुनिता रानालाई भर्ना गरेपछि स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका हुन । उनीहरुलाई ६ महिनाका लागि भनेर जनप्रतिनिधी कर्मचारीको मिलोमतोमा भर्ना गरिएको हो । भर्ना गरिएका व्यक्ति जनप्रतिनिधी, एमाले नेताका आफन्त भएकाले बिना प्रतिस्पर्धा भर्ना गरिएको दलहरुको आरोप छ ।

गैर कानुनी रुपमा जनताको टाउको करको भारी बोकाएर सरकारी अड्डा आफन्तलाई जागिर दिने थलो बनाएको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसले गाँउपालिकामा ज्ञापन पत्र बुझाउँदै गैर कानुनी रुपमा भर्ना गरिएका व्यक्तिको नियुक्ती खारेजीको माग अघि सारेका छन । निरज कडायत बेलडाँडी गाँउपालिका २का वडाध्यक्ष एव एमाले नेता प्रेम खातीका ज्वँई, दिपेन्द्र बहादुर विष्ट एमाले जिल्ला सदस्य बिर बहादुर विष्टका भतिजा भएकाले बिना सुचना गाँउपालिकाले भर्ना गरेको भन्दै दलहरु बिरोधमा उत्रिएका छन । कर्मचारीलाई गैर कानुनी भर्ना गरिएको बिरोधमा एमाले बाहेकका दलहरु आन्दोलनमा उत्रिएका हुन । नेकपा माओवादी केन्द्रले गैर कानुनी रुपमा भर्ना गरिएका कर्मचारीको नियुक्ती खारेजीको माग राख्दै शुरुमै गाँउपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र बेलडाँडीका सचिव चेत बहादुर शाहले गल्तीबाट आफन्तलाई जागिने दिने कामले दण्डहिनता भ्रष्टाचार मौलाएको बताए । नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले गैर कानुनी रुपमा भर्ना गरिएका कर्मचारीको नियूक्ती तत्तकाल खारेजी हुनुपर्ने बताए ।

‘यो सरासर गलत भएको छ, ‘उनले भने, ‘कर्मचारी चाहिएकै भएपनि प्रकृया अनुरुप भर्ना गर्नुपर्छ ।’ नेकपा एकिकृत समाजवादी बेलडाँडीका नेता हरि प्रशाद शर्माले गाँउपालिकाले गरेको बेथिति बिरुद्धमा समाजवादीले घोर आपत्ति जनाईसकेको बताए । ‘गैर कानुनी त्यसमा पनि आफन्त भर्ना गरेको बिरोधमा हामीले यस अघि नै गाँउपालिकाको ध्यानाकर्षण गराईसकेका छौँ, ‘उनले भने, ‘सात दिनको म्याद दिएको छ, नियुक्ती खारेजी नभए चरणबद्ध आन्दोलन गछौँ ।’ बेलडाँडी गाँउपालिका प्रवक्ता अम्मर खत्रीले कार्यपालिकाको निर्णय बिनै आकासे कित्तामा भरमा भर्ना गरिएका कर्मचारीको नियुक्ती गैर कानुनी भएको बताए । उनले सोमबार बस्ने कार्यपालिकान बैठकबाट गैर गैर कानुनी नियुक्ति खारेजी गरिने प्रवक्ता खत्रीले बताए । ‘यस बारेमा म र हामी अधिकाँस जनप्रतिनिधीलाई थाहै छैन, ‘उनले भने, ‘जबकी जनप्रतिनिधी नै थाहा पाउँदैनन, भने यस्तो चोरबाटोबाट कर्मचारी भर्ना हामीलाई समेत कदापी स्वीकार्य हुँदैन ।’ स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी बढ्दै गएका छन । तर, पनि स्थानीय तहहरुको चेत खुलेको छैन । स्थानीय सरकार जनताको सारथी भन्दा जनप्रतिनिधीमा आफन्त पोस्ने कम्पनी केन्द्र बन्दै गएपछि नागरिक चिन्तित भएका छन ।

