महाकाली बहुप्राविधिक शिक्षालयको निर्देशकमा साउद

कञ्नपुर : कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयको निर्देशकमा परमल सिह साउद नियुक्त भएका छन । साउदलाई भीमदत्त नगरपालिकाले चार बर्षका लागि शिक्षालयको निर्देशकमा नियुक्त गरेको हो । महेन्द्रनगरको शान्ति माध्यामिक विद्यालयमा ०६५सालदेखि प्रशासनिक जिम्मेबारीमा रहेका शिक्षक साउदलाई महाकाली बहुप्राविधिक शिक्षालय स्थापना र संचालन ऐन २०७७ को दफा ८मा व्यवस्था भए अनुसार शिक्षालय संचालक समितिको ८माघ ०७८ को निर्णय एव सिफारिस अनुरुप १४ माघ ०७८ देखि चार बर्षका लागि निर्देशक पदमा नियुक्त गरेको हो ।

भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर चन्दद्वारा हस्ताक्षरित नियुक्त पत्रमा साविक विद्यालयबाट तलब भत्ता पाउने गरि शिक्षालयको निर्देशकमा नियुक्त गरेको जनाईएको छ । कञ्चनपुरको शैक्षिक क्षेत्रका हस्तीका रुपमा परिचित साउदले आफुलाई पाईएको जिम्मेबारी अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । राजनीतिक र प्रशासनिक पहुँच भएका साउदले यस अघि शान्ति नितेतनमा कक्षा ११ र १२को कक्षा संचालनदेखि विद्यालयको भौतिक, शैक्षिक प्रगतिका लागि भूमिका निर्वाह गरेका थिए ।

उनले आफुलाई विश्वास गरेर शिक्षालयको निर्देशका नियुक्त गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै महानुभावप्रति आभार प्रकट गरेका छन । ‘यस क्षेत्रको प्राविधिक शिक्षाको बृद्धि विकासमा सक्दो पहल गर्छु, ‘उनले भने, ‘सबैको साथ सर्मथन अनुरुप प्राविधिक शिक्षामा आम विद्यार्थीको पहुँच पु¥याउँछु ।’

ताजा समाचार