दोधारा । दोधारा चाँदनीका बाढी पिडितहरुलाई निड्स नेपाल कञ्चनपुरले न्यानो लुगा बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ र १० का १ सय २० घरधुरी बाढी पिडितहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल कञ्चनपुर, एक्ट नेपाल, अक्सफम नेपालको सहयोग र सहकार्यमा चिसोबाट बच्न न्यानो कपडा बितरण गरिएको हो । प्रति घरधुरी २ थान ब्लेङकेट, १ थान ओढ्ने सोल, १ थान ओछ्याउने लुगा बितरण गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको कुतियावकर, बैतिफाँटा, प्रधान टोल, सुन्दरनगर लगाएत बस्तीहरुका गरिब तथा बिपन्न बाढी पिडितहरुलाई न्यानो कपडा बितरण गरिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । चिसोका कारण कसैलाई पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्नका लागि बाढी प्रतिकार्य परियोजनाका कार्यक्रम अन्तर्गत बाढी पिडितहरुका लागी न्यानो कपडा बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्यायले जानकारी दिएका छन् । बाढी पिडितहरुले न्यानो कपडा पाएपछि उत्साहित हुदै माया देबी सुनारले भनिन, ‘बाढीले सबै थोक बगाई लग्यो । घरमा भएका केही पनि राखेन् । आज यो प्रकृतिले यस्तो दिन ल्याइ दिएको छ कि शरीरमा लगाउने एउटा कपडाका लागि समेत तडपिनु परी रहेको छ् । हाम्रो पिडालाई बुझ्ने निड्स नेपाल कञ्चनपुरलाई धन्यबाद ।’ दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितलाई एक तिर चिसोले पिरोलेको त छदै छ अर्कोे तिर उनिहरु खेतीयोग्य जग्गा मरुभुमी बनाईदिएपछि अबका दिनहरुमा केह खाने भन्ने चिन्ता रहेको पिडा सुनाई रहेका थिए । हिजो आज बिहान र बेलुका चिसो ह्वात्तै बढेको छ् । दोधारा चाँदनीका बाढी पिडित बस्तीमा अहिले जाडो छल्ने मुख्य साधन महाकाली नदी र जगबुडा नदीले बगाएर घर नजिक फालिदिएको काठ दाउरा बनेको छ । ओछ्यान नजिक आगोको धुनी बालेर चिसो छल्नुको विकल्प बाढी पिडित बस्ती संग अर्को केही थिएन् । परिवर्तित मौसमको प्रत्यक्ष प्रभाव परेको बस्तीमा अझै सरकारी योजनाको सुरसारनै छैन् । न्यानो लुगाको जोहो गर्न नसकेका विपन्न बाढी पिडितहरु दिनरात आगो तापेर चिसो छल्ने गरिरहेको अवस्थामा निड्स नेपाल कञ्चनपुरले दिएको न्यानो लुगालाई स्थानियहरुले उच्च मुल्यांकन गरेका छन् । धेरै जसो बाढी पिडितहरुले परालको ओछ्यान बनाएर जाडो कटाउने गरेको स्थानिय मोतिराम सुनार बताउछन् । आयआर्जन नभएका कारण न्यानो कपडा किन्न नसकेका आफूहरूका लागि जाडो मौसम बिरामी हुन थालेको उनले बताए । निड्स नेपाल कञ्चनपुरले चिसो मौसममा बाढी पिडितहरुलाई जाडो छेल्न बितरण गरेको न्यानो कपडाले बाढी पिडितहरुमा निकै राहत महशुस भएको स्थानियबासी मोतिराम सुनारले बताए । शितलहरमा बिपन्न तथा गरिब आर्थिक अवस्था दैनिय रहेका कारण चिसो मौसममा लुगा खरिद गर्न नसक्ने बाढी पिडितहरुलाई जाडो छेल्न न्यानो कपडा बितरण गरेको निड्स नेपाल कञ्चनपुरका बाढी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक नबिन भट्टले बताएका छन् । चिसो र शीतलहरका कारण श्वास प्रश्वास, कोल्ड डाइरिया, ज्वरो समेत आउने हुदा तातो झोलिलो पदार्थ खाने र न्यानो भएर बस्न, साँझ बिहान बाहिर हिडडुल नगर्न न्यानो लुगा बितरण कार्यक्रममा सुझाव समेत दिईएको थियो ।







