राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : कठयाङग्रिदो चिसोमा एका विहानै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर सडकमा हिडने यात्रुहरुलाई मास्क बाँँडदै हिडेको देखिनु हुन्छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे संगै नगर प्रमुख ऐरले दैनिक सर्वसाधारणलाई सचेत पार्ने कार्य संगै मास्क लगाउनका लागि आग्रह गर्दै आउनु भएको छ । कोरोनाको संक्रमण फैलिएका बेला बजार क्षेत्र र सडक भएर मास्क नलगाएका व्यक्तिहरुलाई रोकेर मास्क लगाउन सुझाव दिनु हुन्छ । कोरोनाबाट बच्नका लागि मास्क संगै सामाजिक दुरी कायम गरी स्वास्थ्यका मापदण्ड पालना गर्नका लागि सर्वधारणलाई सचेत पार्दै उहाँ आउनु भएको छ । “मास्क नलगाउनेलाई मास्क लगाउन लगाउ छु” उहाँले भन्नु भयो, “कोरोनाको संक्रमण बढ्दो रुपमा रहेको छ । मास्क लगाउने तरिका समेत सिकाउने गरेको छु । धेरैले मुख मात्रै छोपिने गरी मास्क लगाउने गरेको पाएको छ । त्यसैले मास्क लगाउन सिकाउने कार्य संगै केहीलाई मास्क लगाई दिने गरेको पनि छु ।

अर्को दिन देखि मास्क नलाएर हिडनेले समेत मास्क लगाउन थाल्छन ।” मास्क लगाए मात्रै अरुबाट आफुमा कोरोना सर्दैन । अरुले मास्क लगाएर अर्कोमा सर्दैन त्यसैले त्यस अभियानलाई सबैले घर घरमा पुरयाउन सके कोरोनाको महामारीबाट बच्न सकिने उहाँले बताउनु भयो । कोरोनाको संक्रमण भैसकेका विरामीलाई समेत फोन गरेर नगर प्रमुख ऐरले आरामीको हालचाल दैनिक नविराई सोध्ने गरेका छन । स्वास्थ्य अबस्थामा अप्ठेरो परे नजिकको स्वास्थ्य संस्थाबाट सेवा लिनका लागि आग्रह गर्छन । “कोरोनाबाट अप्ठेरोमा परेका विरामीलाई अस्पताल सम्म पुरयाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराएका छौं” उहाँले भन्नु भयो, “कारोना परीक्षणका लागि स्वास्थ्य संस्थामा शुल्क नलाग्ने व्यवस्था छ । औषधीको आवश्यकता भएकालाई वडामै रहेका आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीबाटै सेवा उपलब्ध गराउछौं ।” नगरपालिका क्षेत्रका बासिन्दा समेत दैनिक संक्रमणको चपेटामा पर्न थालेकाले यस विरुद्ध सर्तकता अपनाउनु जरुरी रहेको उहाँले बताउनु भयो । कोरोना विरुद्धको अभियान म एक्लैले थालेर केही हुदैन । यसमा सबैको सहकार्य हुनु पर्छ उहाँ भन्नु हुन्छ ।
“सबै जनाले कोरोना विरुद्धका जारी मापदण्डको पालना गरे कोरोनालाई हराउन सक्छौं” उहाँले भन्नु भयो, “लापरवाही गरे कोरोनाले हामीलाई हराउछ । ज्यानै लिन सयम लगाउदैन । त्यसैले यस विरुद्ध सतर्ककता अपनाउनुनै बुद्धिमानी हुन्छ ।”
“मास्क नलगाई, कुराकानी गर्दा, गीत गाउदा, खोक्दा, आँच्छीउ गर्दा, नाकको सिगानलाई जथाभावी रुपमा फाल्दा कोरोना फैलिने संभावना अधिक रहन्छ । त्यसैले मास्क प्रयोगमा ध्यान दिनु पर्छ । मास्क सहि तरिकाले नलगाउदा समेत कोरोना सर्न सक्छ । लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउन ुपछर्” उहाँ भन्नु हुन्छ, “व्यक्तिगत सरसफाई संगै सामाजिक दुरीलाई उत्तिकै महत्व दिनु पर्छ ।”

मास्कको भित्र पट्टिको भागलाई नछोइकन दुवै छेउको डोरी समातेर लगाए पनि कोरोनाबाट बच्न सक्छौं यी कुरा सबैलाई भन्दै पनि आएको छु । सबैले अनिवार्य रुपमा अपनाउनु पर्ने उहाँको सुझाव छ । कोरोना विरुद्धको खोप अभियानलाई समेत घर घरमै पुरयाएको उहाँको भनाई रहेको छ । नगरबासीलाई कोराना विरुद्धको खोप लगाउनका लागि वडामै रहेका आधारभूत स्वास्थ्य केन्द्रमै व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो । ज्वरो, रुघाखोकी,लगायत कुनै पनि नागरिकको स्वास्थ्यमा समस्या आए सम्बन्धीत वडाको स्थास्थ्य केन्द्रमा गई चेकजाँच गराउन उहाँले आग्रह गर्दै आउनु भएको छ ।
नगरभित्र रहेका सवारीसाधनहरुका चालकरुलाई गाडीमा अनिवार्य मास्क,सेनिटाइजर राख्न आग्रह गर्दै नगर प्रमुख ऐरले मास्क नलगाएमा नियमानुसार कारवाही हुने जानकारी समेत दिने गरेका छन । यस्तै कोभिड १९ रोगको नियन्त्रणका लागि नगरपालिका सधैँ सहयोगी भुमिका खेल्न तयार रहेको उल्लेख गर्दै उहाँले महामारीका बेला नगरभित्र कुनै पनि व्यवसायीले अत्यावश्यक समान संगै मास्कको मुल्य वृद्धि गरेमा ऐन नियम अनुसार कारवाही हुने भन्न उहाँ पछि पर्नु हुन्न । नगर प्रमुख आफैं कोरोनाको संक्रमण रोक्नका लागि खटिएपछि नगरपालिका कर्मचारीहरुले समेत साथ दिन थालेका छन । नगरपालिका क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नका लगि तपाईको मास्क खोइ अभियान समेत सञ्चालन गरिएको छ ।
जस अन्र्तगत नगरबासीलाई कोरोनाको संक्रमणबाट जोगाउनका लागि मास्क लगाउन उत्प्रेरित गर्ने, मास्क लगाउने तरिका सिकाउने, स्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने र कोरोनाका लक्षण देखिए स्वास्थ्य चौकीमा परीक्षण गरी घरमै एकान्तबासमा बस्नका लागि सुझाव दिने गरेका छन । “मास्क नलगाएर हिडनेहरुलाई कोरोना संक्रमणले पुरयाउने हानी बारे सम्झाउछा”ैं नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भन्नु भयो, “लापरवाही गरे कोरोनाले ज्यान समेत लिन सक्ने भएकाले सबैलाई सचेत पार्दै आएका छौं । सचेतना अभियान सञ्चालन गरिए पछि मास्क नलगाउनेहरु समेत मास्क लगाएर सार्वजनिक स्थलमा जाने गरेका छन । अत्यावश्यक कार्यका लागि मात्रै घरबाट बाहिर निष्कन समेत सर्वधारणलाई आग्रह गर्दै आएका छौं ।” नगरपालिकाले सञ्चालन गरेको कोरोना विरुद्धको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतले सहयोग पुरयाउदै आएका छन ।

