जनपत्रकार संगठन नेपालले कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाए

कञ्चनपुर : जनपत्रकार संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरु राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले महसंघको हितमा रहेका जायज मागहरुलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

संगठनले निम्नानुसार मागहरु राखेको छ : १) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक ,पेसागत सुरक्षा र स्थायित्व लाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मी को पुनर्स्थापन , राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् । २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरुको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् । ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् । ४) समानुपातिक विज्ञापन प्रणाली लाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् । ५) पत्रकारहरुको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

ताजा समाचार