दोधारा । दोधारा चाँदनीका एक अग्निपिडितलाई सामासेवी भिम कुमाल उनका धर्मपत्नी गिता मिजारले आर्थिक सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सैनिक टोल बस्ने अग्नि पिडित आरती सुनारलाई सामाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता भिम कुमाल र उनका धर्मपत्नी गिता मिजारले रु. ५ हजार नगद रकम सहयोग गरेका छन् । तिन दिन अघि घरमा बिद्युत सर्टसर्किट हुदा सुनारको कच्ची घरमा आगलागी भएको परिवारजनले बताएका छन् । आगलागीबाट उनको झण्डै रु. १ लाख २० हजार क्षती भएको बताईएको छ् । घरको आर्थिक अवस्था दैनिय रहेको आरतीलाई हिजो अबेर साँझ सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमाल र उनका धर्मपत्नी गिता मिजारले उनैको घरमा पुगी नगद रकम रु. ५ हजार सहयोग गरेको आरती सुनारले बताएका छन् ।


घरमा आगलागी भएपछि उनिहरुलाई बस्न र खानाको सस्मस्या पर्दै आएको कारण आफुले थोरै भएपनि सहयोग गर्ने प्रयास गरेको सामाजसेवी भिम कुमालले बताएका छन् । ‘पिडाको बेला थोरै भएपनि मलहम लगाउने प्रयास गरेका हौं’ सामाजसेवी तथा नेकपा माओबादीको नेता भिम कुमालले भने । सहयोग हस्तान्तरण कार्यक्रममा सामाजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता भिम कुमाल, गिता मिजार कुमाल, टिका बिक, सुरज सुनार, बिर बहादुर सुनार, नन्द बहादुर सुनार, जंग बहादुर सुनार लगाएत अग्निपिडितका परिवारजनहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि सामाजिक कार्यमा प्रखर देखिदै आएका सामाजसेवी भिम कुमालको यो कार्य प्रति स्थानियहरुले प्रशंसा गर्दै आएका छन् ।







