दोधारा चाँदनी नगरपालिकाका वडा सदस्य राजपुतको देहान्तमा शोक ब्यक्त


दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक वडा सदस्यको देहान्त भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा सदस्य योगेश चन्द राजपुतका निधनको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले समबेदना प्रकट गरेका छन् । बिगत केही महिना देखि बिरामी रहेका वडा सदस्य योगेश चन्द राजपुतको आज बिहान उनैको निवासमा देहान्त भएको परिवारजनले जनाएका छन् । ‘यस दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा सदस्य एवम् नगर सभा सदस्य श्री योगेश चन्द राजपुतको आज मिति २०७८/१०/१३ गते असहमायिक निधनको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद घडीमा शोक सन्तप्त परिवारमा धर्यधारण गर्ने शक्ती मिलोस भन्ने कामना गर्दै, दिवंगत चिर शान्तीको कामना सहित हार्दिक समबेदना प्रकट गर्दछौं । साथै आज मिति २०७८/१०/१३ गते यस नगरपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहर समेत बन्द रहने जानकारी गराईन्छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुखद्धारा जारी समबेदनामा भनिएको छ् ।

 


ताजा समाचार

spot_img