दोधारा चाँदनी नगरपालिका कार्यालयको शिक्षा शाखामा तालबन्दी


दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयको शिक्षा शाखामा तालाबन्दी गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा रहेको श्री ओमकार आधारभुत बिद्यालयमा शिक्षा नियमावली ऐन अनुसार प्रधानध्यापक पदमा नियुक्ती गर्न चाँसो नदेखाएको भन्दै नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर कार्यसमितिको एक टोलीले दोधारा चाँदनी नगरपालिका कार्यालयको शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी पछि १ घण्टा धर्ना गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयबाट सरुवा भएर ओंमकार आधाभुत बिद्यालयमा गएका निमाबि तृतिय तहका शिक्षक दिपक चन्द्र ओझालाई प्रधानध्यापक पदमा नियुक्त नभएको भन्दै नेपाल शिक्षक संघले आन्दोलनको घोषणा अनुरुप नगरपालिका कार्यालयको शिक्षा शाखामा तालबान्दी सहित धर्ना कार्यक्रम गरेको हो ।

आफ्नो माँग पुरा नहुञ्जेल सम्म तालाबन्दी र धर्ना कार्यक्रम जारी रहने नेपाल शिक्षक संघले जनाएको छ् । ‘मिति २०७८/९/११ ग्तेका दिन श्री ओंमकार आधारभुत बिद्यालयमा शिक्षा ऐन तथा नियमावली अनुसार प्रधानध्यापक नियुक्त हुनुपर्छ भनि दोधारा चाँदनी नगरपालिकामा ज्ञापन पत्र बुझाउदा कुनै पनि किसिमको चाँसो नदेखाएकोले आज मिति २०७८/१०/१२ गतेका दिन दोधारा चाँदनी नगरपालिका कार्यालयको शिक्षा शाखामा तालाबन्दी गर्ने निर्णय गरेको नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर अध्यक्ष रतन सिंह धनाडीले बताएका छन् । आफ्नो माँग पुरानहुञ्जेल सम्म धर्ना र तालाबन्दी कायमै रहने उनले बताएका छन् । नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर कार्य समितिले एक प्रेस बिज्ञप्ती जारी गर्दै नगर शिक्षा समितिले प्रधानध्यापक नियुक्ती गर्न कुनै प्रकारको चाँसो नदेखाएको भन्दै समस्या समाधान नहुञ्जेल आन्दोलन जारी रहने र आन्दोलनबाट हुन गएको सम्पुर्ण क्षतीको जिम्मेवारी दोधारा चाँदनी नगरपालिका कार्यालय र नगर शिक्षा शाखा रहने चेतावनी समेत दिएको छ् । ‘बिगत लामो समय देखि नेपाल शिक्षक संघले शिक्षक पेशागत हकहित अधिकार तथा तमाम समस्याहरु र शिक्षकका समस्या समाधानका लागी भएका बिभिन्न समयका आन्दोलनका मर्मलाई समेत नेपाल सरकारले वेवास्ता गरेको कुरा सबैमा सर्वबित्तीदै छ् । साथै यस दोधारा चाँदनी नगरपालिका अन्तर्गत रहेको शिक्षकहरुलाई २०७७ सालमा शिक्षा ऐनलाई टेकर कार्यबिधिी सहितको दरबन्दी मिलान तथा प्रअ ब्यवस्थापन गरेको भएतापनि हालका मिति सम्म पनि कार्यान्वय नभएकोले नेपाल शिक्षक संघले पटक पटक ध्यानाकर्षण, ज्ञापन पत्र बुझाउदा श्री ओंमकार आधारभुत बिद्यालयमा शिक्षा ऐन तथा नियमावली अनुसार प्रअ नियुक्ती गर्न कुनै पनि चाँसो नदेखाएकोले आज मिति २०७८/१०/१२ गते दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखामा तालाबन्दी तथा समस्या समाधान नहुञ्जेल सम्मका लागी जारी रहने गरि यो ज्ञापन पत्र बुझाउदछौं । साथै यसबाट हुन गएको सम्पुर्ण क्षतीको जिम्मेवारी दोधारा चाँदनी नगरपालिका कार्यालय र नगर शिक्षा शाखा रहने छ्’ नेपाल शिक्षक संघ दोधारा चाँदनी नगर कार्यसमितिद्धारा प्रकाशित प्रेस बिज्ञप्तीमा भनिएको छ् ।

 


ताजा समाचार

spot_img