दोधारा : स्थानीय र संघीय सत्ताधारी नेपाली काँग्रेस निकट शिक्षकले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा तालाबन्दी गरेका छन । काँग्रेस निकट नेपाल शिक्षक संघ दोधाराचाँदनी नगर कार्य समितिले बुधबार नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका हुन ।

शिक्षक संघले दरबन्दी मिलानमा नगरपालिकाले बेवास्ता गरेको भन्दै शिक्षा शाखामा माग पुरा नहुँदासम्म तालाबन्दी जारी राख्ने जनाएको छ । ओमकार विद्यालयको प्रअ नियुक्तीको विषयलाई लिएर काँग्रेस निकट शिक्षक संघले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएपछि शिक्षा शाखाको कामकाज प्रभावित भएको छ ।

