कन्चनपुर: कञ्चनपुरमा धमाधम कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेपछि सक्रिय संक्रमितको संख्या पनि बढदै गईरहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलवार १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार १८ पुगेको हो । मंगलवार १ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा एकैदिन ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

आज एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय ४१ जना पिसिआर परिक्षणबाट ५४ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ८६ जना, दोधारा चाँदनीमा ४ जना, वेदकोटमा ११ जना, कृष्णपुरमा ३ जना, शुक्लाफाँटामा ४ जना, पुर्नवासमा १२ जना, बेलौरीमा ५ जना, लालझाडीमा १४ र गडडाचौकीमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या १० हजार १ सय ८१ पुगेको छ । आज १ सय ४४ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ९ सय ४१ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।

