दोधारा । दोधारा चाँदनी नगरपालिकाको बादी घरपरिवार चिसोका कारण कष्टकर जिवन बिताउदै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवार ओढ्ने र ओछ्याउने लुगाको अभावमा जगबुडा नदीको चिसो सिरेटोमा रातभर जाग्रम रहनुपर्दा दु:खमा पिल्सिएका हुन् । तत्कालिन माओबादी र नेपाल सरकार बिच भएको द्धन्द्धको बेला ज्यान बचाउन घर, जग्गा छोडेर पलाएन भएका बादी घरपरिवारलाई अहिले आएर स्थानिय सरकारले उनिहरुको जग्गा फिर्ता गरेको छ् । बडवाल टोलका ६ घरपरिवार बादीहरुलाई हालै स्थानिय सरकारले जग्गा फिर्ता गर्ने कार्य गरेको भएपनि उनिहरुको बस्न र खानको समस्या अझै सकिएको छैन् । हालको लागी घरमा आर्थिक उपार्जनको कुनै स्रोत नभएका उनीहरुको जाडो महिनाको सिरेटोमा शरिर छोप्न समस्यामा छन् । घरमा ओढ्ने ओछ्याउने लुगा नहुदा, दिनभर चिसोमा काम गर्नु र आगो ताप्नको लागि दाउरा समेत नहुदा जाडोको समय आफूहरुको लागि निक्कै कष्ट र सास्तीको समय भएको सितली बादीको भनाई छ् । सरकार संग विभिन्न समुदाय र वर्गले विभिन्न प्रयोजनका लागि करोडौं रुपैयाको माँग गरेर दवाव दिईरहदा यहाँका बादी समुदाय भने आफ्ना लागि सरकारले एक–दुई वटा कम्बल उपलब्ध गराए नयाँ जिवननै दिएको महसुस हुने बताउछन् । भरखरै मात्रै बडवाल टोलका बादी परिवारले जग्गा पाएर खेती गरेका छन् । अझै केही आफ्नो जग्गा पाउनको लागी दिनहु उनिहरु जनप्रतिनिधी र नगरपालिका कार्यालय धाउदै छन् । अहिले आएर उनिहरुलाई खाना संगै जाडो दिन काट्नै समस्या पर्दै आएको छ् । बादी परिवारलाई देशको बदलिदो राजनीति गर्मा गर्मी भन्दा पनि भ्वाङ परेको झुपडपट्टीको चिन्ताले सताएको छ् । शितलहर संगै चल्ने चिसो हावा पानीले झुपडीमा ओत लागेका बादीको परिवारलाई कपाई रहेको छ् । शितलहर संगै चल्ने चिसो हावाले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनीलाई सताएको छ् । ‘फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्नेले जाडो काट्दै आएको छु’ सितली बादीले भनिन् – ‘अहिले त्यही जोरजार गरेर बनाएको लुगा पनि भ्वाङै भ्वाङ भएर फाटेको छ् ।’ उनको झुपडी र ओड्ने जोरजार पारेर बनाइएको ओढ्ने पनि उस्तै हुदा जाडो काट्न मुस्किल परेको छ् । सितली बादी भन्छिन्, ‘सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ र ? अहिले फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने संगै संघ संस्था र सरकार प्रति हाम्रो मन पनि फाँटेको छ्’ अर्का स्थानिय रंगलाल बादी भन्छन् । बिश्व कोरोना संक्रमणले त्राही त्राही छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना बिरुद्धको खोप लगाउनेको भिडभाड छ् । तर बादी परिवारलाई कोरोना बिरुद्धको खोप लगाएका छैनन्, उनिहरुलाई संक्रमणको चिन्ता भन्दा बिहान र साँझको एक छाक कसरी टार्ने र चिसोबाट कसरी बच्ने भन्नेमा ठुलो चिन्ता छ् । २१ औं शताब्दीमा पनि आदिमकालको जिवन बिताईरहेका छन् उनीहरु । जनप्रतिनिधीहरु पाँच वर्षे कार्यकाल पूरा गरेर बिदाई हुदै छन् । बडवाल टोलमा लहरै ६ वटा वटा झुपडीमा बस्ने बादी परिवार रमाउने दिन पर्खेर उनिहरु बसिरहेका छन् । नेपालको संविधानको धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ् भनि उल्लेख गरिएको छ् । यी मौलिक हकबाट बडवाल टोलका बादी घरपरिवार बञ्चित देखिएका छन् । आकाशको पानी च्यात्तीएको त्रिपालबाट सबै भित्र पसेर चिसो मौसममा जहान परिवारलाई बिहान सम्म निथुैक्क भिजाउदा आँखाबाट आँशु चुहिएर आउने गरेको बादी परिवारहरु बताउछन् । जगबुडा नदीमा माछा मारेर वा गाँउ बस्ती चहारेर माँगेको रासनले उनिहरुको अझै पनि दैनिकी त्यस्तै बित्दै आएको छ् । बादी परिवारमा चिसोमा ओढ्ने र एक छाक खानको लागी खाद्यान्नको चरम अभावनै छ् । बादी घरपरिवारमा भोकमरी छाउदै गरेको अवस्थामा पछाडि पारिएका वर्ग दलित समुदायको आधारभूत आवश्यकता भोक मेटाउन दैनिकी खानाको लागी सहज परिपूर्ति गर्ने काम राज्यको दायित्व हो । संचारमाध्यममा बडवाल टोलको बादी घरपरिवारको समाचार आउदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी लगाएतको एक टोलीले केही महिना अघि मात्रै अनुगमन गरेका थिए । मन्त्री सुवेदी लगाएत सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, प्रदेश सांसद तथा पुर्व राज्य मन्त्री प्रकाश रावल, प्रदेश सांसद तथा मन्त्री मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बडुवाल टोलमा रहेका बादी समुदाय समस्या, चुनौती र आवासको वस्तुगत स्थिती बारे अनुगमन सहित जानकारी लिएका थिए । बिगतका दिनहरुमा आफ्ना र अर्काका पीडा गित मार्फत सुनाउदै आवश्यक खाद्यान्न, पैसा संकलन गर्दै आएको बादी परिवार अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरु अब आफै आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बादी घरपरिवारहरु बताउछन् । बिगतमा छाडेर गएको बाँकी जग्गा स्थानिय सरकारले फिर्ता गराईदियोस् र सरकारले उनिहरुको गाँस, बास र कपासको ग्यारेन्टी लिनुपर्ने उनिहरु चाहान्छन् । देशकै सबै भन्दा पछाडी परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको सानो समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका बडवाल टोलका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पिडालाई आन्दोलन र विद्रोह बिउनै बनाउने कुरा सोच्छन् । अन्य स्थानमा बादी परिवार यौन पेशामा संलग्न भएको भएतापनि दोधारा चाँदनी नगरपालिकाका बादी परिवार यो पेशाबाट टाढै बस्दै आएका छन् । कठोर जीवन, अभावले ग्रस्त । मान्छेले सहनै नसक्ने दुरावस्था झेलिरहेका भए पनि न सरकार, न त गैरसरकारी संघ संस्था कसैले पनि बादी समुदायको पीडा बुझ्न ध्यान दिएको देखिदैन् । नदी र खोला किनारमा बसोबास सुरु गरेको यस समुदायलाई साँझ–बिहानको छाक जुटाउन र चिसोमा एकसरो कपडा जुटाउनैमा सकस भएको छ् ।







