कञ्चनपुर:अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत दिपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली फाइनल प्रवेश गरेका छन् ।
सनिवार भएको पहिलो सेमिफाइनल खेल समूह ‘ए’ को विजेता टिम दिपज्योती र समूह ‘बि’ को उपविजेता त्रीपुरा समाज बिचको खेलमा दिपज्योतीले ४-३ गोलको अन्तरले त्रीपुरा लाई हराउदै फाइनलको यात्रा पक्का गरेको छ।

दोस्रो सेमिफाइनल खेल समूह ‘बि’ को विजेता टिम निङ्गलाशैनी विकास समाज र समूह ‘ए’ को उपविजेता युथ क्लब अफ महाकाली बिच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १-१ गोलको बराबरी खेल्दै खेल ट्राइबेगर मा गएको थियो जसमा युथ क्लब अफ महाकाली संग ३-१ गोलको अन्तरले निङ्गलाशैनी पराजित हुन पुग्यो।

पहिलो र दोस्रो सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी घोषित दिपज्योती क्लबका करन देव पुरी र युथ क्लब अफ महाकाली का सन्तोष क्षेत्री घोषित भए। उनले एघार -एघार सय नगद हात पार्न सफल भए।



प्रतियोगिताको फाइनल माघ १० गते दिउँसो १२ बजे डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र युथ क्लब अफ महाकाली बिच महेन्द्रनगर स्थित खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।

पौष २२ गते देखि संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ। नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन भैरहेको र जसमा लिगको फाइनल खेल माघ १० गते हुने छ।













