कञ्चनपुरमा कृषि विकास बैंकको गाडीले एक स्थानियलाई ठोकेर भागेको आरोप

गरिब तथा दलित परिवार न्यायको लागि भौतारिँदै

महेन्द्रनगर : कञ्चनपुरमा कृषि विकास बैंकको गाडीले एक स्थानियलाई ठोकेर भागेको आरोप लागेको छ । भीमदत्त नगरपालिका १० शुखासालका स्थानिय वर्ष ५० का गणेश दमाईलाई पौष २९ गते ठोकेर भागेको पिडितका आफन्तले आरोप लगाएका छन् । शुक्रवार पिडितका छोरा सुनिल दमाईले पत्रकार सम्मेलन गर्दै पौष २९ गते दिउँसो बजार जाने क्रममा कृषि विकास बैंकको बा ८ च ३०८४ नम्वरको गाडीले हानेपछी सडकमा लडेर उनको हात भाचिएको र खुुटटामा पनि चोट लागेको बताए ।
त्यही समयमा घाईते गणेश कि छोरी लक्ष्मी दमाई पनि रहेको अवस्थामा गाडीलाई रोक्न खोज्दा गाडीले झन गति बडाएर भागेको बताईन् । सोही दिन पिडितले वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा किटानी जाहेरी दिएपनि प्रहरीले खासै अनुसन्धान नगरेको र आफुले उपचार पनि नपाएको गुनाशो गरे, हामी गरिब दिनदुखीको विषयमा कसैले पनि न्यायको लागि पहल गरिदिएन पिडित गणेशले भने, ८ दिनपुग्दा समेत आर्थिक अभावले गर्दा आफुले उपचार नपाएको बताए । प्रहरीसंग बुझन जाँदा, पटक पटक प्रहरी कार्यालयमा नआउनुहोस, धेरै भयो अब देखी तपाँई यहाँ नआउनुहोस भन्दै थर्काएर प्रहरीले पठाएको उनको छोरा सुनिलले बताए । साथै गाडी चालक सुनिल रानाले पिडितलाई पछि नराम्रो होला भन्दै धाकधम्कि पनि दिने गरेको बताए ।

आर्थिक रुपमा कमजोर रहेको र दैनिकी ज्याला मजदुरी गरेर जिकोपार्जन गर्ने दमाई परिवारले न्याय नपाएको गुनाशो गरे, आफुसंग उपचारको लागि प्रयाप्त आर्थिक नभएपछि पत्रकार ऐश्वर्या कुँवरको पहलमा ८ दिन पछि उनको हातकोे महाकाली अस्पतालमा शल्यक्रिया भएको छ । यता, कृषि विकास बैंकका व्यावसायिक अधिकृत र घटनाको दिन गाडीमा सवार रहेका डिकरदेव पाण्डेयले सो दिन आफुहरु उक्त क्षेत्रमा कार्यालय कामकाजको लागि गएको र आफनो गाडीले कुनै पनि दुर्घटना नघटाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयले उक्त विषयमा विगत ४ दिन देखी अनुसन्धान गरि रहेको बताएपनि गाडीलाई र चालकलाई समान्य सोधपुछ पछि छोडेको छ । खान लाउन अभाव भए पछि बैतडी स्थाई घर छाडी रोजगारीका लागि दमाई हाल सुकासालमा डेरा गरी वस्दै आएका थिए । यता पिडितको बिचल्ली भएको छ कमाएर खाने व्यक्ति आफै घाईते भएपछि परिवारका अन्य सदस्यलाई उपचार कसरी गर्ने र, के खाने भन्ने सम्म पिडा थपिएको छ ।

ताजा समाचार