पुनर्वास : पुनर्वास नगरपालिका-९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा भेला सम्पन्न भएको छ । मंगलबार पुनर्वास नगरपालिका-९, बिचफाटामा बसेको वडा भेलाले केशव बिष्टकाे अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी गठन गरेको हो । त्यस्तै भेलाले उपाध्यक्षमा लालबहादुर बोहरा, सुर्जा बुढा, सचीवमा रण बहादुर खाती उपसचिवमा डम्बर बहादुर थापा, दुर्गा बुढा र भदृ जैशीलाई चयन गर्दै वडा कमिटीलाई पुर्णता दिएको छ । भेलालाई सम्बाेधन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री तारालामा तामाङ्गले देशै भर सँगठन बिस्तार भईरहेकाले पार्टि प्रति आस्थावान सम्पुर्णमा एकजुट भई लाग्न अनुराेध गर्नु भएको छ ।

पार्टिलाई सुदृढ गर्दै लैजाने र आगामी चुनाबमा पार्टिलाई १ नम्बर पार्टि बनाउन सबै मिलेर सहकार्य गर्नु पर्ने बताउनु भयाे । भेलामा अतिथिकाे रुपमा रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले देशमा सँघियता आएपछि बिकासले गति लिएकाे बताउनु भयाे । आफु जनप्रतिनिधि भईसके पछि धेरै बिकास याेजना ल्याएकाे बताउदै उहाँले भाैतिक बिकाससँगै अब स्थानिय स्तर देखि नै आर्थिक बिकासका लागि काम गर्ने प्रतिबद्धता समेत प्रकट गर्नुभयाे । भेलाको प्रमुख आतिथीमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री तारालाम तामाङ रहनु भएकाे थियाे । भने अतिथिमा पुनर्वास नगर प्रमुख तथा एकिकृत समाजवादी कञ्चनपुरका जिल्ला अध्यक्ष जीवनराज थापा, उपाध्यक्ष पुर्णा कुमारी गुरूङ्ग लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।






